‘यदु स्मृति पत्रकारिता पुरस्कार’ पत्रकार टीका विष्टलाई

यस वर्षको ‘यदु स्मृति पत्रकारिता पुरस्कार’ पत्रकार टीका विष्टले पाएकी छिन् । यदु स्मृति प्रतिष्ठान रुकुमले २५ औं स्मृति दिवसको अवसर पारेर विष्टलाई पुरस्कृत गरेको हो । सोमबार काठमाडौंमा आयोजित कार्यक्रममा सभामुख देवराज घिमिरेले विष्टलाई १५ हजार नगदसहित पुरस्कार र प्रमाणपत्र प्रदान गरेका हुन् । उनी यदु स्मृति पत्रकारिता पुरस्कार पाउने २२ औं पत्रकार हुन् […]