पर्यटकीय गन्तव्य बन्दै सरुवाडाँडाको झोलुङ्गे पुल
तलतिर कलकल बग्ने बबई नदी, सोहीमाथि झोलुङ्गे पुल । चारतिर हरियाली, नजिकै चिटिक्क परेको मोतिपुर गाउँ । यो दृश्य दाङको तुलसीपुर उपमहानगरपालिका–११ र दङ्गीशरण गाउँपालिका– २ सरुवाडाँडा जोड्ने झोलुङ्गे पुल क्षेत्रको हो । यस मनमोहक दृश्यले त्यहाँ पुग्ने जोकोहीलाई लोभ्याउने गर्छ । हाल सोही पुलको अवलोकनका लागि टाढाटाढाबाट मानिस आउने गर्छन् । यसपटक दसैंतिहारमा यहाँ […]





