जलवायु परिवर्तनको असर: माघमै फुल्यो लालीगुराँस
मुगुसहित कर्णालीका हिमाली तथा उच्च पहाडी क्षेत्रमा ढकमक्क गुराँस फुलेका छन् । केही वर्ष पहिले चैतपछि मात्र फुल्ने लालीगुराँस माघमै फुलेको छ । गुराँस फुल्ने मौसम फागुन अन्तिमदेखि चैत, वैशाख भए पनि माघ पहिलो सातादेखि वनभरि ढकमक्क फुलेपछि स्थानीय अचम्मित भएका छन् । पहिले पहिले चैत वैशाखमा फुल्ने गुराँस पछिल्ला केही वर्ष यता माघमै फुल्ने […]




