गाभर भ्यालीः रैथाने उत्पादन र पर्यटनको संगम
बाँकेको गाभर भ्याली पछिल्लो समय पर्यटनको आकर्षणको केन्द्र मात्र नभई रैथाने उत्पादनको संरक्षण र प्रवर्द्धनमा महत्त्वपूर्ण क्षेत्र बन्दै गएको छ । यो क्षेत्रले पर्यटकीय गतिविधिसँगै लोपोन्मुख रैथाने अन्नबालीहरूको संरक्षणमा विशेष पहलकदमी गर्दै आएको छ । लुम्बिनी प्रदेश सरकारले आर्थिक वर्ष २०८०÷८१ को नीति तथा कार्यक्रममा रैथाने प्रजातिका अन्नबालीहरूको संरक्षण र प्रवर्द्धनलाई प्राथमिकतामा राखेको छ । […]





