धनगढीको इन्धन डिपोबाट स्थानीय अहोरात्र त्रसित, तत्काल स्थानान्तरण गर्न माग

धनगढी उपमहानगरपालिका–३ चटकपुर निवासी धर्मसिंह–माधवी ऐर दम्पतीलाई हिजोआज निद्रा पर्दैन । घरै अगाडि रहेको नेपाल आयल निगमको इन्धन डिपोका कारण ऐर दम्पतीमात्र होइन, डिपो वरपरका मानिस निर्धक्क भएर सुत्न सकेका छैनन् । डिपोका कारण सधैँ त्रासमा रहनुपरेको उनीहरूको गुनासो छ । स्थानीय धर्मसिंह डिपो स्थानान्तरणका लागि पटकपटक आग्रह गरिए पनि कुनै सुनुवाइ नभएको दुखेसो गर्छन् […]

दैलेखमा भेटिएला इन्धन ? ड्रिलिङ गर्न एक वर्ष म्याद थप

दैलेखको भैरवी गाउँपालिका–१ जलजलेमा पेट्रोलियम पदार्थ पत्ता लगाउने समय अझै एक वर्ष थपिएको छ । गत वैशाख १ गतेबाट अन्तिम चरणको ‘ड्रिलिङ’ को काम सुरु भए पनि अझै नसकिएकाले एक वर्ष समय थप भएको हो । मेसिनले जमिनमुनि खनेर पेट्रोलियम पदार्थ भए÷नभएको पुष्टि गर्न अझै २ हजार ४ सय मिटर ‘ड्रिलिङ’ गर्न बाँकी छ । […]