१७ वर्षपछि भयो , ‘खसिया आखर’ प्रकाशित

गोल्डन बुढा

जुम्ला,३ कार्तिक।
जुम्लाको चन्दननाथ नगरपालिका–१ आचार्यवाडाका ७९ वर्षीय रमानन्द आचार्यले झण्डै दुई दशक लामो अथक साधना, अनुसन्धान र लेखनपछि तयार पारिएको ‘खसिया आखर’ खस शब्दकोश अन्ततः सार्वजनिक भएको छ। ४० हजारभन्दा बढी मौलिक खस शब्द समेटिएको १३ सय पृष्ठको यो शब्दकोश कर्णाली प्रदेशका सामाजिक विकास मन्त्री घनश्याम भण्डारीको विशेष उपस्थितिमा लोकार्पण गरिएको हो।

शब्दकोशको प्रकाशनका क्रममा कहिले आर्थिक अभाव, कहिले सामाजिक उपेक्षा र आलोचनासम्मको सामना गर्नुपरेका लेखक आचार्यले अन्ततः १७ वर्षको संघर्ष सफल पार्दै आफ्नै शब्दमा “नेपाली भाषाको जननी खस भाषालाई न्याय दिन सकें” भन्ने सन्तोष व्यक्त गरेका छन्।“सपना थियो—जिन्दगीमा एकचोटि खस भाषालाई लिपिबद्ध गरौं, त्यसको अभिलेख बनाऔं। अब त्यो सपना साकार भएको छ,” – रमानन्द आचार्य, लेखक २०६५ साल बैशाख ११ गते जिल्ला परिषद्को निर्णयले खस भाषाको संरक्षणका लागि शब्दकोश निर्माणको कार्य अघि बढाइएको थियो। आचार्यलाई शब्द संकलन र सम्पादनको जिम्मेवारी दिइएको भए पनि सुरुवाती समिति सक्रिय हुन नसक्दा उनले एकल प्रयासमै यो महायज्ञ पूरा गरे।हुम्ला, डोल्पा, कालिकोट, मुगु र जुम्लाका दुर्गम गाउँहरूमा घुम्दै मौलिक खस शब्दहरू संकलन गर्ने कार्यले उनी थाकेनन्। गाउँगाउँको बोली, उच्चारण र सन्दर्भअनुसार अर्थ छुट्याउँदै उनले शब्दको संग्रह गरे।

टाइपिङमा समेत असहजता हुँदा टाइपिस्ट राखेर लेखन कार्य सम्पन्न गरिएको थियो।दराली भाषिका: ८० दरा, पाँच सय दरा, सिञ्जा दरा,त्रिविकोटी भाषिका: चौधबीस दरा, डोल्पाली शब्द,रासकोटी भाषिका: कालिकोट क्षेत्रीय शब्द र मुहु भाषिका: मुगु र हुम्लामा प्रचलित शब्द प्रकाशनमा झण्डै १५ लाख रुपैयाँ बराबरको खर्च परेको बताइएको छ। सामाजिक विकास मन्त्रालयले एक हजार प्रति प्रकाशनका लागि आर्थिक सहयोग उपलब्ध गराएपछि शब्दकोश अन्ततः पाठकको हातमा पुगेको हो। एक प्रति छाप्न मात्र औसतमा १५ सय रुपैयाँभन्दा बढी खर्चिएको छ।सामाजिक विकास मन्त्री घनश्याम भण्डारीका अनुसार, यो शब्दकोशले खस भाषा र संस्कृतिको जगेर्नामा ऐतिहासिक योगदान पुर्‍याउनेछ। उनले भने,“केही स्थानीय तहमा खस भाषाको पाठ्यक्रम निर्माण भइसकेको छ। अब यो शब्दकोश पाठ्यक्रममा ‘सुनमा सुगन्ध’ हुनेछ।”भाषाशास्त्री प्रा. डा. माधवप्रसाद शास्त्रीका अनुसार, “खसिया आखर शब्दकोशले कर्णालीको भाषिक शिर उचो बनाएको छ।” उनका अनुसार, भूगोलमा जति पहाड छन्, भाषिक समृद्धिमा पनि त्यत्तिकै शिखर थपिएको छ।आचार्य स्वयंको जीवन संघर्षले यो शब्दकोशलाई केवल दस्तावेज नभई संघर्षको प्रतीक बनाएको छ। बिना तलब, सुविधा वा संस्थागत सहयोग, उनले गाउँगाउँ पुगेर शब्द खोजी गरेका हुन्।“मर्ने बेलासम्म दराजमै थन्किन्छ कि भन्ने डर थियो। अब ढुक्क भएँ, खस भाषा बाँच्नेछ,” खस भाषा आजको पुस्तामा मौखिक रूपमा मात्रै सिमित हुँदै गइरहेका बेला ‘खसिया आखर’ एक ऐतिहासिक हस्तक्षेप बनेको छ।

यो शब्दकोश १८४६ पूर्वको खस राज्य र सभ्यताको पहिचानलाई जगेर्ना गर्ने दस्तावेज हो। विदेशी भाषाको प्रभाव बढ्दो रहँदा, यो कृति भावी पुस्ताको लागि शोध, शिक्षण र संरक्षणको आधार बन्‍नेमा दुई मत छैन।के सरकार, स्थानीय तह र शिक्षाविद्ले रमानन्द आचार्यको १७ वर्षे तपस्यालाई भावी पुस्तासँग जोड्ने निरन्तरता दिन सक्लान्?

१७ वर्षपछि भयो , ‘खसिया आखर’ प्रकाशित

जुम्लामा सात जना जुवाडे रंगेहात पक्राउ, १

१७ वर्षपछि भयो , ‘खसिया आखर’ प्रकाशित

बर्दियामा मतदाता नामावलीमा नाम दर्ता सुस्त गतिमा

Leave a comment

Your email address will not be published. Required fields are marked *