घुयँत्राे:“राज्यमा बा हराएपछि बाका सन्तानकाे संकट!”

हैन क्या हाे बाले नियुक्ति गर्याजति शबलाई झिटिझ्याम्टा बाेकाएर घरतिर पठाउने भएकि क्या हाे जेनजीहरले । यसाे सम्चाराँ पढे अनुसार त अख्तियारका आयुक्तदेखि मुख्य आयुक्त प्रेमकुमार राईलाई समेत लखेटने भएकि क्या हाे ? हुनत राज्यमा बाकैराइँदाईँ नभएछि बाका सन्ततिहरलाई पालेर पाे के गर्ने हाे र ? बाका पक्षाँ फैसला गरम्ला भनेर बस्या मान्छे हरलाई जब बानै नभएछि बस्न पनि कसरी मन लागाेस ? त्यसैले जेनजीहरले राजीनामा माग्यानि ठिकै हाेला । खासमा त अख्तियारमा बा र काका मान्छे हरका फायल यी आयुक्तहरले जसरि तामेलियाँ राखेर आजसम्म बा र बाका आफ्ना आफन्त र झाेलेहरलाई जसरि बचाए अब जाँदा जाँदै यिनरले बचाउन्यैगरि त्याँट बिदाबादि भएत ठिकै हाे तर फेरि अर्को नियुक्त भएर आउने बित्तिकै ती तामेलिमा रका फायल खाेजिखाेजि कठघराँ हाल्ने काेशिस गर्ने हुन भने त यिनरुनि खासै बाका बफादार कुत्ता सावित नहुने भए । त्यसाे त अख्तियाराँनि जेनजीले आगाेलाए भन्याछन अनि त्यै निहुमा बा र उनका मान्छे विरुध्दका मुद्दा जले भनेर फायलजति दम्पच पार्ने र कम्प्युटराट सबैउडाइ दे त सक्कि गाे नि हैन र ? साँच्चिकै बुध्दि छ भने त यस्तै गरे हुने हाे के रे ! के भन्न सकिन्छ र आउने चुनाबाँ बाकाे पाटिले बहुमत ल्याउन्न भन्ने केई छैन क्यारे ! ऐल्या कुरा सेलाउँदै गएर घटनालाई मान्छेले विर्सिँदै गए भने त चुनाबाँ बाकै पाटिले बहुमत ल्याउनेत हाेला । अनि त फेरि बाले यिनैलाई खाेजिखाेजि त्यै पदाँ त नियुक्त गर्लान ।

अप्ठ्याराँ पर्दा आँफुलाई बचाका मान्छेलाई नियुक्त नगरि अरुलाई गर्ने कुरा भएन त्यसैले यस्तै हाे कैले सासुकाे पालाे कैले बुहारीकाे पालाे भन्या त्यै त हाेला क्यारे । तर जेनजीहरले खास बुझ्नु पर्ने कुरा केछ भने कुलिङ पिरयड हटाउनलाई राेल खेल्ने सचिव र बर्तमानमा रहेका मन्त्रालयका सचिब र भष्टाचाराँलिप्तभाका सह र उपसचिबलाई नि छानि छानि पदबाट हटाउनु पर्छ र यिनिहरुलाई भष्टाचाराँ कार्वाहि गर्ने प्रकृया अगाडि बढाउनु पर्छ कार्बाहि भएन भनेत यीनिहरु खुरुखुरु राजीनामा गर्दै भाग्दै गर्छन त्यसैले याे आन्दोलनकाे मनसाय अनुसार कार्वाहि गर्नु पर्ने कसैलाई बाँकि राख्नु हुँदैन । याे सरकार भरसक कसैलाई पनि कार्वाहि नगरि चुनाब पछि बन्ने सरकारले कार्वाहि गर्नेगरि पन्छिन खाेजि रहेकाे जस्ताे भान भै रहेकाेछ । यदि त्यसाे भयाे भने सबैभन्दा ठूलाे दुर्भाग्य त्यै हुनेछ । आउने चुनाबमा सरकारमा आउने तिनैऐलेका भष्टाचारी नेता र दल हुन तर उनिहरुलाई कुनै कार्बाहि नगरि छाति खुला गरेर चुनाबमा जाने अबसर याे सरकारले दियाे भने याे जेनजी आन्दोलन अनि आन्दोलनमा सहादत प्राप्त गरेका त्यतिका युवाहरुकाे रगत त्यसै खेर जानेछ ।त्यसैले याे सरकारले खासगरि भष्टाचारीलाई कार्वाहि चलाउने, अघिल्ला सरकारका नियुक्त न्यायाधीशहरु बर्खास्त गर्ने र नयाँ नियुक्त गर्ने जेनजी आन्दोलनमा ताेडफाेड र हिंसामा संलग्न पुलिस वा अन्य जाे काेहिलाईनि कार्बाहि गर्ने र संसद र प्रदेश सभामा प्रतिनिधित्व गराईने समानुपातिकमा नगण्यमान्छे निर्वाचित गराउने, कर्मचारीहरुमा संगठन गर्न नपाउने ब्यवस्थागरि संविधानमा संसाेधनकाे अध्यादेश ल्याउने सम्मकाे काम याे सरकारले गर्याे भने जनताले यै सरकारप्रति आड भराेसानि गर्न सक्दछन ।

त्यसैले वर्तमान प्रधानमन्त्रीले जस्ताे सुकै अप्ठ्याराहरु पार गरेर भएनि याे देश र जनताका लागि यति काम गर्नु पर्दछ । हैनभने त्यति ठूलाे क्षति ब्यहाेरेर देश र जनता जुन खरानिबाट पनि माथि उठन सकिन्छ भन्ने आशा लिएर बसिरहेका छन ती सबैकाे चाहनामा तुषारापात गर्ने काम यै सरकारले गरेकाे ठहरिनेछ । त्यसैले याे सरकार धेरै अलमलकाे बाटाे हिँडने हैन । करिब अबकाे ५ मैनाकाे अबधिमा पनि गरम्भने धेरै गर्न सकिन्छ । स्वयं प्रधान न्यायाधीशकाे भूमिकामा रहेर जिम्मेवारी निभाई सकेकाे मान्छे सुशिला कार्कि अनि देशकाे लागि केही गरेर देखाउँछु भनेर आई सकेछि जिम्मेवारीबाट भाग्ने कुरा पनि भएन । जनताले याे सरकारबाट धेरै अपेक्षा राखेका छन ।त्यसैले प्रधानमन्त्रीले जसरी निडर र हठि स्वभाबकासाथ जिम्मेवारी सम्हाल्नु भएकाे थियाे ,अब आन्दोलनका माग पूरा गर्नपनि त्यहि तरिकाले अघि बढनु पर्छ । निस्वार्थ रुपले गर्ने कामका लागि जनता सदैब प्रधानमन्त्रीकै पक्षमाछन र रहनेछन ।

घुयँत्राे:“राज्यमा बा हराएपछि बाका सन्तानकाे संकट!”

लुम्बिनी प्रदेशमा दसैँ अवधिमा ५३६ सवारी दुर्घटना,

घुयँत्राे:“राज्यमा बा हराएपछि बाका सन्तानकाे संकट!”

जुम्लामा गाडीको कोलियामा युवकको शव फेला, अनुसन्धान

Leave a comment

Your email address will not be published. Required fields are marked *

This will close in 0 seconds