घुयँत्राे: ” बिरसिक्का”

सामाजिक सन्जालमा आएका समाचार झुटा हैनन भने प्रचण्डलाई जतिसुकै हत्याराे,निरंकुस अबसरवादि,धुर्त,फटाहा जस्ता अनेकन गालिकाे विभुषणले लिपेपनि वास्तवमा उनी एक चतुर राजनीतिज्ञ हुन भन्ने कुरा प्रमाणित गरेर देखाउन कत्ति पछि परेकाे देखिन्न । अरु दल जेन्जी आन्दोलन र आन्दोलनकाे मागले थला परेर मुखबाट पटक्कै वाफ फाल्न नसकि रहेका बेला प्रचण्डले पाटिमा सुधार गर्न र विशेष अधिवेशन गरेर पाटिमा अँझै पनि प्रचण्डकाे आबस्यकता छ है ! उनी कार्यकर्ताले राखेकाे मागलाई महत्व दिएर काम गर्ने नेताहुन भन्ने पार्न पनि पाटि संगठनका सबैतह भङ्ग गरि पाटिलाई नयाँ जीवन दिन लागि परेका छन ।
सम्भवत उनकाे याे निर्णले उनकाे विपक्षमा देखिएका साथीहरु पनि पक्षमा देखिन कत्तिबेर नलाग्न सक्छ भने जनतामाझ गुम्दै गईरहेकाे माओवादि पाटिकाे साख पनि फर्किन सक्ने देखिन्छ । किन भने उनले जनताकाे चाहना अनुसार पाटिलाई पुरै ओभरहाेलिङग् गरेर लैजाँदैछन । तर आँफुलाई देशकै पुरानाे र ठुला पाटि सम्झिने नेपाली काँग्रेस र एमाले भने नत नेतृत्व परिवर्तनकाे कुरा गर्छन न राज्यप्रतिकाे जिम्मेवारीकाे अभिभारा पूरा गर्न अघि सर्छन । काँग्रेसीहरुकाे वाक्य फुटेकाे छ त बस सभापतिकाे बचाउमा ! याैटा चिर्पेटाेभरि लेख्छन र भन्छन “पाटि सभापतिका घरमा पाेलिएका नाेटहैनन अन्तैबाट त्यहाँ ल्याएर पत्रकारले देखाएकाे हाे “लाजै पनि लजाउने तर्क गर्दै आफ्नाे कर्तुत छाेप्छन । पाटि सभापतिका घरमा पाेलिएका नाेटका विषय नेपाली काँग्रेसका नेताहरुलाई राज्यमा देखिएकाे संकटभन्दा गम्भीर र ठूलाे लागेकाेछ । आँफुसित सँगै सत्ता चलाई रहेकाे प्रधानमन्त्रीकाे हठका कारण २ दिनमा देश जलेर खरानी बनेकाेतिर उनिहरुलाइ चिन्ता र दुख्ख छैन । आन्दोलनकारीले उठाएकाे भष्टाचारविरुध्दकाे लडाइँ हाम्राे पनि हाे भनेर आन्दोलनका माग पूरा गर्न र गराउनतिर लागेर युवा आन्दोलनकारीहरुकाे साथ सहयाेग र सान्ताेना लिनुकाे सट्टा उल्टै परिवर्तनलाई नै नकार्ने जस्ताे व्यवहार र प्रस्तुतिले काँग्रेसलाई कदापि फाईदा गर्दैन ।
आगामि चुनाबलाई सहर्ष स्विकार गरि आन्दोलनले लिएकाे बाटाेबाट चुनाबमा बहुमत ल्याउने पर्यत्न गर्नुकाे सट्टा आन्दोलनलाई नकार्दै वर्तमान सत्ताधारी पुस्तालाईनै अघि लगाएर हिँडने र पाटि नेतृत्व पसिवर्तन नगर्ने हाे भने आजसम्म हरेक आन्दोलनकाे नेतृत्व गर्दै आएकाे र जनताले पत्याएकाे एकमात्र पाटिबाट समेत काँग्रेसले हात धुनेछ । त्यसैले नेता कार्यकर्ता मिलेर समयमै आन्दोलनकाे मर्म बुझाैँ र साेचाैँ अनि व्यबहारिकतामा जाउँ । अन्यथा एमालेकाे जस्ताे खरानीबाट उठाैँ भनेर खरानीकाे राशमा टेकेर उठन खाेज्दा खरानी भित्रै गढेर मर्न वा अस्थित्व समाप्त हुन बेर लाग्ने छैन । सबै कुराकाे समाप्ति पछिपनि ओलिकाे जस्तो हठ र उनकै कार्यकर्ता महेश बस्नेतकाे जस्ताे सन्किपनले पनि त पाटिलाई जनताकाे अगाडि उभ्याउन र स्थापित गराउन गाह्रो हुन्छ । त्यसैले देश हाक्ने हाे भने यी २ दलका नेताहरु भाद्र २३/२४ काे आन्दोलनले मागेका हरेक कुरा पूरा गर्न ईमानदारी पूर्वक लाग्नु पर्दछ ।हैन भने जसले पूरा गर्ने विश्वाश जनतामा दिलाउँछन तिनैले आगामी निर्बाचनमा देश चलाउने जिम्मेवारी पाउँछन् । यै अबस्थाँ रहे ” न रहे काँग्रेस,न रहे एमाले , जेन्जीकाे आन्दोलनले घरै बसाले” भन्ने गीत गाउने बस्ने त हाे ।






