जुम्लामा सहुलियत मुल्य पसल संचालन

गाेल्डेन बुढा
जुम्ला,३०भदौ।
जुम्लामा सहुलियत मुल्य पसल संचालनमा ल्याइएको छ।आउदै गरेको दसैं र तिहारलाई लक्षित गरि पसल संचालनमा ल्याइएको हो। साेमबारदेखि सुरु भएको सहुलियत मुल्य पसलकाे उद्वघाटन जिल्ला समन्वय समितिका प्रमुख तथा जिल्ला खाद्य ब्यवस्था समितीका अध्यक्ष गौरीनन्द आर्चायले गरेका थिए। खाद्य व्यवस्था तथा व्यापार कम्पन्नी लिमीटेड शाखा कार्यालय जुम्लाका अनुसार ६ वटा आइटम चामल र चिनी बिक्रीवितरण हुनेछ।खाद्य व्यवस्था तथा व्यापार कम्पन्नी शाखा प्रमुख मनोज जोशीका अनुसार प्रति केजी ५ रुपैयाँ छुट दिइनेछ।उनका अनुसार सहुलियत मुल्य पसल संचालनका लागि कूल ११ सय क्वीईन्टल चामल र २ सय क्वीईन्टल चीनी छुटाइएको छ ।

जसमा अरुवा मोटा चामल प्रति बोरा २५ किलोको १ हजार ४ सय २५रुपैयाँ , एफआर अरुवा मोटा १ हजार ४ सय २५ रुपैयाँ , अरुवा मध्यम चामल १ हजार ५ सय, एफआर अरुवा सोना मन्सुली १ हजार ५ सय, स्टिम जिरा मसिनो चामल २ हजार १ सय २५रुपैयाँ र एफआर स्टिम जिरा मसिनो चामल २ हजार १ सय २५ रुपैयाँमा विक्री हुने उल्लेख छ ।चामलका प्याक २५ किलोका छन् । प्रतिकेजी ५ रुपैयाँ छुट दिएर विक्री गरिनेछ। सहुलियत मुल्य पसलबाट उपभोक्ताले प्रति बोरामा १ सय २५ रुपैयाँ छुट पाउने छन ।

भने चीनी प्रति केजी एक सय रुपैयाँमा विक्री गरिनेछ ।बजारको न्युनतम चामल २ हजार देखि २ हजार ५ सय रुपैयाँ पर्छ। विपन्न नागरिकलाई राहत पुग्ने छ।यता जिल्ला समन्वय समितिका प्रमुख गौरीनन्द आर्चायले हरेक वर्ष जस्तै जुम्लामा चाडपर्व लक्षित सहुलियत मुल्य पसल संचालन भइरहेकोमा खुसी लागेको बताए।
नागरिकलाई सेवा लिन अपिल गरे। गत वर्ष एकै दिन डेढ सय क्वीईन्टल सम्म सहुलिय मुल्यको चामल विक्री भएको थियाे।चालु आर्थिक वर्षका लागि जुम्लामा कूल ६ हजार क्वीईन्टल चामल स्वीकृती भएको छ । आबश्यकता अनुसार चामल ढुवानी भईरहेको खाद्य संस्थानले जनाएको छ । हाल खाद्य संस्थानको गोदामा कूल मौज्दात २२ सय क्वीईन्टल चामल मौज्दात छ, चार हजार क्वीईन्टल कारागारका लागि छुटाइएको छ । सहुलियत मुल्य पसल आगमी कार्तिक २ गते सम्म संचालन हुनेछ ।






