देउतीबज्यैमा ४५ लाखको अतिथी गृह निर्माण सुरु

सुर्खेत, ६ असार ।
वीरेन्द्रनगर सुर्खेत स्थित देउती बज्यै मन्दिरमा अतिथी गृह निर्माणको काम सुरु गरिएको छ । प्रदेश सरकारको आर्थिक सहयोगमा निर्माण हुन लागेको अतिथि गृहको शनिबार शिलान्यास गरिएको देउतीबज्यै पुर्वाधार विकास समितिका संयोजक मुकुन्दश्याम गिरीले जानकारी दिए ।

प्रदेश सरकारले छुट्याइएको ४० लाख अन्तरगत ५ लाखको देउतीबज्यै क्षेत्रको डिपिआर गरिने र एक लाख ६० हजार कन्सलटेन्सी कटाएर ३३ लाख ४० हजार रुपैयाँमा समितिले थप गरी ४५ लाख रुपैयाँ बराबरको अतिथी गृह बनाइने समितिका संयोजक गिरीले बताए । उक्त अतिथि गृहको तल्लो तलामा १५० जना अटाउन क्षमताको यज्ञ हल र माथिल्लो तलामा भएका ३ कोठामा अतिथी विश्राम कक्ष बनाइने छ

समितिले केहि समय पहिला यज्ञ लगाएर उठेको ६०÷६५ लाखका संरचना निर्माण गर्ने विभिन्न व्यक्तिहरुले प्रतिवद्धता जनाएका थिए । गिरीका अनुसार यज्ञमा प्रतिवद्धता गरिएका संरचनाहरु पनि क्रमश बन्ने प्रक्रियामा छन् । देउतीबज्यै पुर्वाधार विकास समितिले लिएको गुरुयोजना अनुसार उद्योग वाणिज्य संघ सुर्खेतका महासचिव लक्ष्मण कँडेलले शनिबार मन्दिर बनाउने घोषणा अनुसार निर्माण प्रक्रिया सुरु भएको जानकारी दिए ।

तपाईको प्रतिक्रिया