दुर्घटनामा दुई जनाको मृत्यु, ६ जना घाइते

हुम्ला, १० चैत्र ।
हुम्लामा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा अदानचुली गाउँपालिका–५, का अन्दाजी ३५ वर्षीय फागुने लोहार र १३ वर्षीय प्रवेश ऐडी रहेका छन् । उनीहरूको घटनास्थलमै मृत्यु भएको हो ।

त्यस्तै उक्त घटनामा परी अहिलेसम्म ६ जना घाइते भएको विवरण आएको जिल्ला प्रहरी कार्यालय हुम्लाका सूचना अधिकारी नरेन्द्र चन्दले बताए । उनका अनुसार अदानचुलीको श्रीनगरबाट वडा नम्बर–५, को बारीगाउँ जाँदै गरेको सु००१ ज ११८३ नम्बरको बोलेरो जीप चार बजेतिर दुर्घटनामा परेको हो ।

जीप सडकभन्दा केही तल खसेको छ । घाइतेहरूलाई अस्पतालमा लैजाने काम भइरहेको र घटनाबारे थप अनुसन्धान भइरहेको उनले बताए । जीपमा सात जना सवार रहेको प्रहरीले जनाएको छ ।

दुर्घटनामा दुई जनाको मृत्यु, ६ जना घाइते

जुम्लामा दुई वर्षमा क्षयरोगबाट ३ जनाको मृत्यु

दुर्घटनामा दुई जनाको मृत्यु, ६ जना घाइते

एमाले सुर्खेत अधिबेशन : नेता कँडेलको पेलानले