‘यदु स्मृति पत्रकारिता पुरस्कार’ पत्रकार टीका विष्टलाई


यस वर्षको ‘यदु स्मृति पत्रकारिता पुरस्कार’ पत्रकार टीका विष्टले पाएकी छिन् । यदु स्मृति प्रतिष्ठान रुकुमले २५ औं स्मृति दिवसको अवसर पारेर विष्टलाई पुरस्कृत गरेको हो । सोमबार काठमाडौंमा आयोजित कार्यक्रममा सभामुख देवराज घिमिरेले विष्टलाई १५ हजार नगदसहित पुरस्कार र प्रमाणपत्र प्रदान गरेका हुन् ।

उनी यदु स्मृति पत्रकारिता पुरस्कार पाउने २२ औं पत्रकार हुन् । पुरस्कार सिफारिस समितिले चौधरीलाई पुरस्कृत गर्ने निर्णय गरेपछि विष्टलाई यदु स्मृति पत्रकारिता पुरस्कार गरिएको एमालेका सांसद सूर्य थापाले बताए । नेकपा एमालेका तत्कालीन रुकुम जिल्ला सचिव यदु गौतमको तत्कालीन विद्रोही माओवादीले २०५५ सालमा हत्या गरेका थिए ।

यदु स्मृति प्रतिष्ठानले हरेक वर्ष दिवसका अवसरमा मानवअधिकार, शान्ति स्थापना र दण्डहीनताका पक्षमा कलम चलाउने एक पत्रकारलाई पुरस्कृत गर्दै आइरहेको छ । तत्कालीन नेकपा (एमाले) रुकुमका सचिव रहेका युद गौतमलाई रुकुम सदरमुकामबाट चौरजहारी जाने क्रममा २०५६ फागुन २१ गते बाटोमा हत्या गरिएको थियो ।

उनको स्मृतिमा हरेक वर्ष फागुन २१ गते एक जना पत्रकारलाई पुरस्कृत गरिँदै आएको छ । पुरस्कृत पत्रकार विष्टले पहिला र अहिले पत्रकारिता गर्ने शैलीमा परिवर्तन आएको बताइन् ।

‘यदु स्मृति पत्रकारिता पुरस्कार’ पत्रकार टीका विष्टलाई

हिमपातले ‘सुविकाल’ हिउँ परेपछि कृर्षक उत्साहित

‘यदु स्मृति पत्रकारिता पुरस्कार’ पत्रकार टीका विष्टलाई

कर्णाली राजमार्गमा पहिरो गएपछि यातायात सेवा ठप्प