मुगुका किसानलाई स्याउका बिरुवा लगाउन चटारो

स्याउका नयाँ बिरुवा लगाउनका लागि खाडल खन्न र पुराना बिरुवालाई काँटछाँट गर्न यहाँका कृषकलाई चटारो छ । जिल्लाका छाँयानाथ रारा नगरपालिका,खत्याड र सोरु गाउँपालिकामा चालु आर्थिक वर्षमा ८३ हेक्टर जमिनमा नयाँ बिरुवा लगाइने छ ।

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन इकाई मुगुमार्फत ६० हेक्टर र कृषि कार्यालयमार्फत २३ हेक्टर जमिनमा कृषकले बिरुवा लगाउन तथा काँटछाँटको काम सुरु गरेका परियोजना कार्यान्वयन इकाई मुगुका प्रमुख तेजबिक्रम मल्लले बताए ।

इकाईले प्रत्येक किसानलाई ५० प्रतिशत अनुदानमा स्याउका बिरुवा वितरण गर्नुका साथै प्रत्येक खाडलको १ सय ५ देखि १ सय २२ रुपैयाँसम्म र बिरुवामा मल हालेवापत ५० रुपैयाँ उपलब्ध गराउने भएको छ। कृषि कार्यालयले भने स्याउका बिरुवा निःशुल्क वितरण गर्ने छ ।

मुगुका किसानलाई स्याउका बिरुवा लगाउन चटारो

जुम्लामा प्रदेशस्तरीय फुटबल प्रतियोगिता हुने

मुगुका किसानलाई स्याउका बिरुवा लगाउन चटारो

काँग्रेस संसदीय दलका नेता शाहीको स्टाटसले कर्णालीमा