सडकले फेरियो जीवनः नुन घर,आँगनमा


जुम्लाका ग्रामिण क्षेत्रका गाउँमा सडक पुगेपछि स्थानीयलाई सुगमको आभास गर्न थालेका छन् । वृद्धवृद्धा खुसी छन् । यातायातको सुविधा पुगेपछि शिक्षा, स्वास्थ्य र रोजगारीको पहुँच बढेको छ । कुनै बेला १५ दिन हिँडेर मुगुको (भोट) मुगु र को नाकाबाट नुन ल्याएका यहाँका स्थानीय अहिले घरआँगनमै नुन किन्छन् ।

‘घाम, पानी, भोक निद्रा केही नभनी मुगुको भोटबाट पुगेको सम्झँदा अहिले पनि थकान महसुस हुन्छ,’ जुम्लाको चन्दननाथ नगरपालिका –१० गैरा गाउँका ६६ वर्षीय तुलाराम न्यौपानेले भने, ‘हाम्रो गाउँमा गाडी आउँछ भन्दा त कथा सुनाएजस्तो लाग्थ्यो । यस्तो विकटमा गाडी आउला भन्ने लागेकै थिएन ।’घरबुना लुगा,बख्खु र खुट्टामा दोचा लगाउने गर्थें, स्थानीयको । समय बदलिएसँगै उनीहरूको पेसा पनि परिवर्तन भयो । ‘१५ दिन सम्म बाटोमा खाने चामल दाल,असुरो,ढोकाया र फापरको पिठो बाट बन्ने ढ्यासु स्थानीय महँ संग मिश्रित गरि लिन्थ्यो।घरबाट जौँ,गहुँ र लोकल मार्सी चामल लिएर बोकेर उतै साटेर भोटको नुन ल्याउथ्यौं ।

यो कुरा २०३९ साल भन्दा अगाडिको कुरा । केही पैसा हुनेले २ रुपैयाँ केजी नुन किनेर ल्याउँथ्यौं,’त्यो वर्षभरि खान पुग्थ्यो।उनले भने,’यहाँको पुरानो पुस्ता नुन ल्याउन त्यहाँसम्म पुग्थ्यो। नुन लिन जाँदा बाटोमा वर्षा भएर अलपत्र परेको सुनाउँदै तुलाराम न्यौपाने अहिलेको पुस्तालाई भाग्यमानी ठान्छन् । यता सिंजा गाउँपालिका –६ का ५९ वर्षिया मोतिराम रावतले भने,‘एक पटक गाउँका ९ जना नेपालगन्ज गएका थियौं। वारिपारि खोलाको पानी बीचमा हामी थियौं ।

आफू बाँच्नलाई नुन फ्याँक्यौं । जोखिम मोलेर हामी बाँचेका हौं,’रावतले पुराना दिन सम्झिए, ‘उनका अनुसार पछिल्लो पुस्ता सुर्खेत दैलेखसम्म पुगे,अहिले आगनमै पुग्यो,झ उनका अनुसार नुन सकिने दिन जतिनजिक आउँथ्यो त्यति नै डरले मुटु काप्थ्यो ।’ घरबाट निस्केपछि कहाँ पुग्यो, अवस्था के छ भन्ने जानकारी परिवारमा हुँदैनथ्यो ।

‘घरबाट निस्केको दिन बाटोमा केही नभए फेरि भेट होला, चिन्ता नगर्नु, भगवान्ले साथ दिए नुन ल्याएर घरमै फर्किउँला भन्दै बाँच्ने झिनो आशा बोकेर सहर जान्थ्यौं,’ उनले भने, ‘१५ दिनसम्म हामी बाटोमै हुन्थ्यौं । घरका परिवार चिन्तामा डुब्थे ।’ अहिले उनीहरू जति सायदै कोही खुसी होलान् । सडकको पहुँचसँगै अन्य विकास गाउँ भित्रिएको स्थानीयको बुझाइ छ ।

जुम्लाको कुना कन्दरामा सडक पुगेपछि गाउँलेमा खुसीको सीमा छैन । ७४ वर्षीय स्थानीय बाचेँ बुढालाई बाटो बन्ला र गाउँमा गाडी पुग्ला भन्ने लागेको थिएन । अहिले उनकै अगाडि गाडी कुद्छ । यो देखेर उनी दंग पर्छन् । ‘यही जुनीमा यहाँसम्म बाटो बन्छ र मोटर देख्न पाउँला भन्ने लागेकै थिएन।तर मेरो सपना पूरा भयो,’ उनले भने । ‘उतिबेला गाडीको बाटो आएकै थिएन, हिँड्दै जानु पथ्र्यो,बाटोमा चोर लाग्ने गर्थे, निकै डर पनि हुन्थ्यो, महिला केटाकेटीलाई झन् धेरै समस्या हुन्थ्यो’,बुढाले भने, ‘अहिले त बिहान सररर गाडीमा गयो, साँझ खाना खान घरै आइन्छ, यस्तो सुविस्ता होला भन्ने त कसले सोचेको थियो होला र ?’

उनले अहिले गाउँगाउँमा मोटर गाडी आउन थालेपछि १५ दिन लगाएर नुन ल्याउनु पर्ने बाध्यता हटेको भन्दै यसले आफ्नो चोली फेरिएको जस्तो भएको बताए । ‘पहिलेको दुःखलाई सम्झिँदाखेरि त अहिले जुनी फेरिएको जस्ता लाग्छ, पहिलो कस्ता थिए ती दिन ?, अहिले कस्तो भयो ?, उतिबेला भोगेको दुःखलाई सम्झिँदा अहिले त कथा जस्तो लाग्छ’, उनले भने ‘अहिले त सबथोक छ, के छैन ?, उति नुन, चामल बोकेर आउने दिन गए, अहिले त घरमै जे भन्यो त्यही एकै छिनमा आउँछ ।’

जुम्ला पहिलोपटक २०६३ सालमा सडक पुगेको थियोे । अहिले जुम्लाका ६० वटै वडामा कच्ची सडक पुगेको छ।विकासका कुनै पनि पूर्वाधारले नजोडिएको अवस्थामा गरेका अनेकौँ सङ्घर्षपछि बल्ल अहिले गाउँसम्म बिजुली बत्ती र सडक पुगेको छ ।

स्थानीयले सडक पुगेपछि दशकपहिले पाएका दुःख बिर्सेका छन् । जीवनशैली बदलिएको छ । पुरुषको तुलनामा महिलाका सुखका दिन फर्किएका छन् । पहिले सडक आयो, त्यसपछि स्वास्थ्य चौकी स्थापना भयो, बिस्तारै गाउँमै मेडिकल खुल्न थाले ।

अहिले त तरकारी लगाएर बेच्दा पनि पैसो, अरू काम गरे पनि पैसा कमाउन गाह्रो छैन । काम गर्न सक्नुप¥यो,’ ८७ वर्षीय स्थानीय महिला प्याउरी रोकायाले भनिन्, ‘५ हातको धोती लगाउन पाए के–के न पायौंजस्तो लाग्थ्यो । अहिले त सहरबजारका लुगा आफ्नै आँगनमा पुगे ।’
सुध्रिँदै स्वास्थ्य अवस्था

पहिला एक दम्पतीका कम्तीमा १२ देखि १५ बच्चासम्म हुन्थे । २० पटक सुत्केरी व्यथा खेपेकी धेरै महिला भेटिन्छन् । ती हुन ६७ वर्षीया कुसुमकली रावत । उनका ९ सन्तान मात्रै बाचेँ । ११ को मृत्यु भयो ।

‘केही गर्भमै मरे, केही जन्मेको एक घण्टामै मरे, कसैलाई ज्वरो, कसैलाई हैजा, कसैलाई निमोनिया हुन्थ्यो,’ उनले भनिन्, ‘गाउँमा स्वास्थ्य चौकी थिएन । जुम्ला सुर्खेत नेपालगन्ज र काठमाडौ उपचार गर्न लैजान बाटो थिएन । जति जन्मे पनि मरिहाल्छन् भन्ने लाग्थ्यो ।’

गाउँभन्दा बाहिरको दुनिया नबुझेकै कारण धेरै सन्तान जन्मिएको उनी बताउँछिन् ।अहिले गाडीमा औषधि बोकेर गाउँकै स्वास्थ्य चौकीसम्म आइपुग्छ । गाउँमा परिवार नियोजनका साधन प्रयोग गर्नेहरू पनि धेरै छन् । गाह्रो भइहाल्यो भने पनि उपचारका लागि सदरमुकाममा अवस्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान र बाहरिका अस्पतालमा लैजान गाडी पाइन्छ ।

उपचार नपाएर मर्नेको संख्यामा कमी आएको छ । ‘भगवान्ले बचाए बाँच्छन् । नत्र मर्छन् भन्ने लाग्थ्यो । उपचार भन्ने के हो थाहा थिएन । यति चाँडै गाउँमा परिवर्तन भएको देख्दा खुसी लाग्छ,’ उनले भनिन् । स्थानीय नुदि सार्कीले गाउँमै उपचार गर्न पाइएको बताइन् ।

उनका अनुसार पैसा हुनेले पनि पहिले राम्रो लुगा किनेर लगाउन पाउँदैनथे । बजारको पहुँचबाट हामी टाढा थियौँ । कसैको घरबाट सुर्खेत र नेपालगन्ज गए भने उनीहरूले मात्रै नयाँ लुगा लगाउन पाउँथे । बच्चालाई समेत न्यानो कपडा हुँदैनथे । धेरै बच्चाको ज्यान चिसो समयमा जान्थ्यो ।

सडकले फेरियो जीवनः नुन घर,आँगनमा

लक्ष्यनुसार बालबालिकाका क्षेत्रमा लगानी हुन सकेन्

सडकले फेरियो जीवनः नुन घर,आँगनमा

एसिसी महिला प्रिमियर लिगमा नेपालको कीर्तिमानी जित