पाँच दिनदेखि हवाई उडान प्रभावित


राष्ट्रिय सडक सञ्जालसँग नजोडिएको हुम्ला जिल्लामा पाँच दिनदेखि हवाई सेवा प्रभावित भएको छ । नेपालगन्जमा बाक्लो हुस्सु–कुहिरोका कारण कर्नालीको हुम्ला, मुगु, जुम्ला, डोल्पा र सुदूरपश्चिम प्रदेशको बाजुरा जिल्लामा समेत हवाई सेवा प्रभावित भएको हो ।

हुस्सुले हुम्ला जिल्लाको हवाई उडान हुन नसकेको स्थानीय लोक भण्डारीले जानकारी दिए । हुस्सु नलागेपछि बिहानै जहाज नेपालगन्जबाट सिमकोट पुगिहाल्थे पाँच दिन भयो उडान नभएको भण्डारी बताए ।

उडान प्रभावित भएसँगै सिमकोटबाट काम विशेषले नेपालगन्ज सुर्खेत झर्न यात्रुलाई सकस भएको छ । पूर्व पर्यटनको सिजन नभएपछि नेपालगन्जबाट दैनिक एक–दुई उडान निजी एयरलाइन्स सीता, तारा समिटले उडान भर्दै आएका थिए ।

यस्तैगरी बाजुरा जिल्लाको कोल्टी पनि उडान ठप्प भएको स्वामिकार्तिक खापर गाउँपालिकाका स्थानीय अनिल शाहीले जानकारी दिए ।

उडान नभएपछि बिरामीहरू गाडीबाट नेपालगन्ज, सुर्खेत झर्न गरेको शाहीले बताए । पाँच दिनदेखि कर्णालीका हुम्ला, मुगु, जुम्ला, डोल्पा र सुदूरपश्चिमको बाजुराको कोल्टीलगायतका क्षेत्र हवाई सेवा प्रभावित छन ।

पाँच दिनदेखि हवाई उडान प्रभावित

उत्पादित कृषि उपज बेच्दै किसान

पाँच दिनदेखि हवाई उडान प्रभावित

एक पुरुष होटलमा सुतेकै अवस्थामा मृत फेला