महिला पत्रकार र महिला सांसदबीच मैत्रीपुर्ण भलिबल प्रतियोगिता सम्पन्न


सुर्खेतको वीरेन्द्रनगरमा महिला पत्रकार र महिला सांसदबीच मैत्रीपुर्ण भलिबल प्रतियोगिता सम्पन्न भएको छ । कर्णाली खेलकुद विकास परिषद्को तेस्रो स्थापना दिवसको अवसरमा जिल्ला खेलकुद विकास समितिको प्राङ्गगणमा भलिबल प्रतियोगिता सम्पन्न भएको हो ।

मैत्रिपुर्ण भलिबल खेलमा महिला सांसदको टोली विजयी भएको छ । खेलको पहिलो सेटमा महिला पत्रकारले जितेका थिए । शुन्यका विरुद्ध २५ अंक प्राप्त गरी महिला पत्रकारले पहिलो सेटमा जितेका हुन् । यसैगरी, दोस्रो सेटमा महिला सांसदहरुले विजयी प्राप्त गरेका थिए ।

तेस्रो सेटमा पनि महिला सांसदले नै १५ अंक ल्याई विजयी हात पारेकी हुन् । प्रतियोगितामा महिला सांसदको तर्फबाट विजया बुढाको कप्तानीमा कल्याणी खड्का, लक्ष्मी सुनार, गैमता विक, रजनी योगी, सिता आचार्य, आस्था खड्का, सुमिता थापा र राजकुमारी हमाल लगायतका महिलाहरु रहेका थिए ।

महिला पत्रकारको तर्फबाट पत्रकार अप्सरा विष्टको कप्तानीमा, यामुना शाही, कल्पना हमाल, लक्ष्मी हमाल, प्रभा रावत, रमा केसी, भावना राना, कल्पना ढेङ्गा मगर, सिर्जना बुढाथोकी सहभागी भएका थिए ।

महिला पत्रकार र महिला सांसदबीच मैत्रीपुर्ण भलिबल प्रतियोगिता सम्पन्न

बालकुमारी घटनापछि सुर्खेतमा पनि ‘युवा विद्रोह’

महिला पत्रकार र महिला सांसदबीच मैत्रीपुर्ण भलिबल प्रतियोगिता सम्पन्न

उच्च अदालत बारको अध्यक्षमा सापकोटा