कर्णाली करिडोरको निर्माण कार्य बन्द

कर्णाली करिडोरको हुम्ला खण्डअन्तर्गत पर्ने छारे क्षेत्रमा निर्माण कार्य भइरहेको काम बन्द भएको छ । सडक निर्माणमा खटिएका कामदारहरु दसैं मनाउन घरतर्फ लागेका कारण सेनाले सडक निर्माण बन्द गरेको हो ।

नेपाली सेना कर्णाली करिडोर सडक निर्माण कार्य दलका प्रमुख अमृत पराजुलीले दसैं मनाउन सडक निर्माणमा खटिएका कामदार सबै घरतर्फ लागेका कारण केही दिनका लागि निर्माण बन्द गरिएको बताए ।

सेनाले कामदारमार्फत हाल खार्पुनाथ र सर्केगार्ड गाउँपालिकाको सिमाना छारे क्षेत्रमा चट्टानी भीरमा विस्फोट गर्ने कार्य गरिरहेको थियो । उनले घटस्थापनदेखि पूर्णिमाको पछिल्लो दिनसम्म सडक निर्माणको काम बन्द रहने बताए ।

सडक निर्माण स्थलमा खटिएका ५५ जना कामदार दसैं मनाउनका लागि घर फर्किएका छन् । कात्तिक १३ गतेबाट पुनः काम सुचारु गर्ने गरी कामदारसँग सहमति भएको बताउँदै उनले सडक निर्माण कार्यलाई तीव्रता दिने बताए ।

हाल उक्त खण्डको काम गर्नका लागि हुम्ला जिल्लाका कामदारका साथै छिमेकी मुगु, कालिकोट, जुम्ला र बाजुरा जिल्लाबाट पनि कामदार आएर काममा खटिएका थिए ।

सडक निर्माणको ७० मिटर चट्टानी भीरको विस्फोट गर्ने जिम्मा लिएका मयालाल कठायतले नेपालीहरुको महान् चाड दसैं मनाउन घर जानैपर्ने भएका कारण कामबाट बिदा र्लिर कामदान घर फर्किएको जानकारी दिए ।

नेपाली सेनाको निर्माण कार्य दलले जिम्मा लिएको दुल्ली कुनादेखि लाली बगरसम्मको सडकमध्ये छारे क्षेत्रको डेढ सय मिटर चट्टानी भीरमा बाहेक अन्य स्थानमा सडक निर्माण कार्य पूरा गरिसकेको छ । छारेको चट्टानी भीरमा १० मिटर बाहेक अन्य सबैतिर विस्फोट कार्य सुरु गरिसकेको छ ।

कर्णाली करिडोरको निर्माण कार्य बन्द

हराउन थाले दसैंका परम्परागत पिङ

कर्णाली करिडोरको निर्माण कार्य बन्द

वीरेन्द्रनगरका व्यापारी पर्वमा समेत उत्साहित छैनन्

This will close in 0 seconds