६२ करोडमा निर्माण भएकाे शुभाघाट खानेपानी आयोजना उद्घाटन र हस्तान्तरण हुँदै

दिलिप ढकाल/शुभाघाट । शुभाघाट शहरी खानेपानी तथा सरसफाई आयोजनाको उद्घाटन तथा समुदायलाई हस्तान्तरण हुने भएको छ । शुभाघाट शहरी खानेपानी तथा सरसफाई उपभोक्ता सस्था गुर्भाकोट–८ को आगामी असोज २५ गते हस्तान्तरण र उद्घाटन हुने भएको हो ।

खानेपानी निर्माणको जिम्मा पाएको निर्माण कम्पनी आशिष सिएबि प्रेरा जेभीले खानेपानी सस्थालाई विधिवत रुपमा हस्तान्तरण गर्नें भएको हो । यस्तै असोज २५ गते नेपाल सरकारका उपप्रधान तथा रक्षामन्त्री पुर्णबहादुर खड्काले आयोजनाको उद्घाटन गर्ने कार्यक्रम रहेको छ । शुभाघाट शहरी खानेपानी सस्थाको असोज २५ गतेको कार्यक्रमको मिति र तयारी निश्चित भएको सस्थाका कार्यालय प्रमुुख शेरबहादुर पौडेलले जानकारी दिए ।

असोज २५ गते मेहेलकुनाको खैरेनीस्थित सिटि हलमा खानेपानी आयोजना हस्तान्तरण र उद्घाटन कार्यक्रम हुने उनको भनाई छ । २५ गते दिउँसो १ बजेपछि कार्यक्रम सूरु हुने छ । निर्माण कम्पनीले हस्तान्तरण गरेपछि उक्त आयोजनाको जिम्मा र त्यसपछिको संरक्षण, निर्माण, मर्मत सबैको दायित्व खानेपानी सस्थामा हस्तान्तरण हुनेछ ।

हस्तान्तरण र उद्घाटनमा उपप्रधानमन्त्री खड्कासंगै खानेपानी मन्त्रालयका मन्त्री सचिव, खानेपानी तथा ढल व्यवस्थापन विभाग आयोजना व्यवस्थापन कार्यालय प्रमुख, कर्णाली प्रदेशका मन्त्रीहरु लगायतको समेत सहभागीता रहने सस्थाका अध्यक्ष तथा गुर्भाकोट नगरपालिका उपप्रमुख मैना विकले जानकारी दिइन ।

असोज २५ गतेको कार्यक्रमको तयारी अन्तिम चरणमा पुगेको उहाँको भनाई छ । गुर्भाकोट ८ मेहेलकुनास्थित शुभाघाट शहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको पहिलो चरण अन्तर्गतको निर्माण कार्य तथा दोश्रो चरण अन्तर्गतको संचालन तथा मर्मत कार्य निर्माण कम्पनीले गएको साउन ६ गते सम्पन्न भएको थियो ।

अब निर्माण कम्पनिबाट सस्थाले हस्तान्तरण लिने कार्यक्रम हुनेछ । शुभाघाट शहरी खानेपानी संस्थाको अग्रसरतामा गुर्भाकोट नगरपालिका वडा नं. ६, ७, ८ र ९ गरी चार वडाका २,७८१ घरधुरीका घरआँगनमै पिउने पानी पुगेको छ ।

यसको उद्घाटन हुने हस्तान्तणसंगै एकै दिने गरि कार्यक्रम तय गरिएको छ । खानेपानी आयोजनाले ३२५१ घरधुरीलाई शुद्ध पिउने पानी र सरसफाइको सेवा प्रवाह गर्ने उद्धेश्यबाट खानेपानी आयोजना २०७९ श्रावण ६ गते निर्माण सम्पन्न भई २०७९ भाद्र महिनादेखि संचालनमा आएको छ ।

वि.स. २०७५ सालमा गुर्भाकोट नगरपालिकामा दर्ता भई गुर्भाकोट–८ खैरेनीमा कार्यालय रहेको शुभाघाट शहरी खानेपानी संस्थाका पदाधिकारीको ४ बर्षको अथक मेहेनत, चुनौती र बाधाहरुका बिच कूल ६२ करोड ४८ लाख ९२ हजार ७ सय १५ रुपैयाँ लागतमा बृहत खानेपानी आयोजना सम्पन्न भएको हो ।

एशियाली विकास बैक अनुदान सहयोगमा नेपाल सरकारको ७० प्रतिशत अर्थात ४३ करोड ७४ लाख २४ हजार ९ सय रुपैयाँ अनुदान, नगर विकास कोष ऋण लगानी २५ प्रतिशत अर्थात १५ करोड ६२ लाख २३ हजार रुपैयाँ र लाभान्वित हुने उपभोक्ताबाट ५ प्रतिशत अर्थात तीन करोड १२ लाख ४४ हजार रुपैयाँमा यो आयोजना सम्पन्न भएको हो ।

२०७६ असार ३० गते खानेपानी मन्त्रालय अन्तर्गत खानेपानी तथा ढल व्यवस्थापन विभाग आयोजना व्यवस्थापन कार्यालय पानीखोखरी काठमाण्डांै र निर्माण कम्पनी आशिष सिएबि प्रेरा जेभीबिच ठेक्का सम्झौता भएको थियो । राष्ट्रिय स्तरको प्रतिस्पर्धाद्वारा ६२ करोड ४८ लाख ९२ हजार ७१५ रुपैँयामा ठेक्कामा गई २०७९ श्रावण ६ गते निर्माण सम्पन्न भई तत्काल चार वटै वडाका करिव ३ हजार घरधुरीमा प्रशोधित, शुद्ध र सफा पानी पुर्याएको छ ।

६२ करोडमा निर्माण भएकाे शुभाघाट खानेपानी आयोजना उद्घाटन र हस्तान्तरण हुँदै

दशैं लक्षित गरेर गाउँका बाटो सुधार्दै अध्यक्ष

६२ करोडमा निर्माण भएकाे शुभाघाट खानेपानी आयोजना उद्घाटन र हस्तान्तरण हुँदै

अख्तियार कर्णाली प्रदेश : स्थानीय तहका उजुरी