गाउँपालीका अध्यक्ष चौलागाईमाथी आक्रमण -yugnews.com

तुलराज पाण्डे
कालीकोट जेष्ठ५
कालीकोट जिल्लाको शुभकालीका गाउँपालिका अध्यक्ष खडानन्द चौलागाईलाई एक समुहले कुटपिट गरेको छ।शुभकालीका गाउँ पालिका वडा नम्बर .४मा अबस्थित महादेव मा.वि राराकाटियामा विश्वमहामारी रुपमा फैलिएको कोरोना भाईरस(कोभिड-१९)पिसिआर नमुना परिक्षणका लागी स्वाव संकलन भैरहेको वेला १५/२० जनाको समुहले पालिका अध्यक्ष खडानन्द चौलागाईलाई कुटपिट गरेका छन् ।शुभकालिका गाउँ पालिका वडा नम्बर ४ का वडा अध्यक्ष राम वहादुर शाही,वडा नम्बर ५ का वडा अध्यक्ष एवं शुभकालिका गाउँपालिकाका प्रवक्ता केशन वहादुर शाही र रेडियो शुभकालीका स्टेशन म्यानेजनर किरण अधिकारीमाथी गाली गलौज गरेको वडा नं ५ का अध्यक्ष केशन वहादुर शाहीले बताए ।यस्तै आफुलाई सार्वजनिक स्थलमा जनताको काम गरिरहेको वेला सुनियोजित ढंगले विकास विरोधि अराजक व्यक्तीहरुले आफुलाई कुटपिट गरेको र ज्यानमार्नै धम्कि समे दिएको, शुभकालिका गाउँ पालीकाका अन्य जनप्रतिनिधिलाई पनि गालिगलौज गरेको गाउँपालिका अध्यक्ष खडानन्द चौलागाईले वताए।घटनामा संलग्नलाई कानुनि कार्वाहीका लागी प्रहरीकहाँ उजुरि दिएको अध्यक्षले भने।शुभकालिका गाउँपालीकाका प्रवक्ता केशन वहादुर शाहीद्धारा प्रेस विज्ञप्तीमाजारी गरी सार्वजनिक स्थलमा हुलहुज्जत गदै अध्यक्षमाथी कुटपिट र अन्य जनप्रतिनिधिमाथी गालीगलौज गरी समाजमा अराजकता फैलाउने व्यक्तिहरुलाई कानुनि कार्वाही गर्न माग गरिएको छ।उता घटनामा संलग्नलाई कारवाहीका लागी पिडित पक्षले उजुरी दिएको र संलग्नलाई कानुनि कारवाही गरिने जिल्ला प्रहरी कार्यालयका प्रमुख श्याम ओलियाले वताए।

गाउँपालीका अध्यक्ष चौलागाईमाथी आक्रमण -yugnews.com

खाँडाचक्र नगरपालिकामा एकै दिन १०६ जनाको पिसिआर

गाउँपालीका अध्यक्ष चौलागाईमाथी आक्रमण -yugnews.com

दैलेख अाठबिसका १ जनालाई कोरोना संक्रमणकाे पुस्टि

Leave a comment

Your email address will not be published. Required fields are marked *

This will close in 0 seconds