रायमाझी, खाँण र पाण्डे निर्णयकर्ता, बादलको सचिवालय विचौलिया संरक्षक

 काठमाडाैं । नक्कली भुटानी शरणार्थी ठगीको अनुसन्धान टुंग्याएको प्रहरीले यो प्रकरणका अभियुक्तले चार खाले भूमिका निर्वाह गरेको निष्कर्ष निकालेको छ । प्रहरी स्राेतका अनुसार, सरकारी वकिलको कार्यालयमा बुझाएको अनुसन्धान प्रतिवेदनमा एमाले निलम्बित सचिव एवं पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी, कांग्रेस नेता एवं पूर्वगृहमन्त्री बालकृष्ण खाँण र तत्कालीन गृहसचिव टेकनारायण पाण्डेलाई मुख्य निर्णयकर्ताका रूपमा पेस गरेको छ ।

त्यस्तै, सानु भण्डारी र केशव दुलाललगायतले विचौलिया भूमिका निर्वाह गरेको भनिएको छ । त्यो भूमिकामा पूर्वउपप्रधानमन्त्री रायमाझीलाई रहेको प्रतिवेदनले औँल्याएको छ । यसैगरी, पूर्वगृहमन्त्री रामबहादुर थापाको सचिवालयले विचौलियाको संरक्षण गरेको अनुसन्धानमा खुलेको प्रहरी प्रतिवेदनमा उल्लेख छ । थापाका सुरक्षा सल्लाहकार इन्द्रजित राई, उनका छोरा निरज राई, थापापुत्र प्रतीक थापा, रायमाझीपुत्र सन्दीप रायमाझीले विचौलियाको संरक्षक गरेको प्रहरी अनुसन्धानमा देखिएको छ ।

यसैगरी, नक्कली भुटानी बनेर अमेरिका जान चाहने व्यक्ति खोज्ने र उनीहरूबाट पैसा उठाउने भूमिकामा सागर थुलुङ राई, टंक गुरुङ, गोविन्दकुमार चौधरी, गजेन्द्र बुढाथोकी र सन्देश शर्मालगायतका व्याक्ति छन् । उनीहरूले उप-एजेन्टसमेत बनाएर पैसा उठाएका थिए । उनीहरूले ११३ जनाबाट १० देखि ५० लाख रुपैयाँसम्म असुलेको निष्कर्षमा प्रहरी पुगेको छ । यो प्रकरणका ३२ अभियुक्तबाट २७ करोडभन्दा बढी रुपैयाँ बिगो असुल गर्नुपर्ने प्रहरी अनुसन्धान प्रतिवेदनमा उल्लेख छ ।

रायमाझी, खाँण र पाण्डे निर्णयकर्ता, बादलको सचिवालय विचौलिया संरक्षक

३० जना महिलालाई सिपमुलक तालिम

रायमाझी, खाँण र पाण्डे निर्णयकर्ता, बादलको सचिवालय विचौलिया संरक्षक

YUGAAWHAN NATIONAL DAILY (2080-02-09)

Leave a comment

Your email address will not be published. Required fields are marked *