सिंजामा साँस्कृतिक खाना महोत्सव

जुम्ला । जिल्लाको सिंजा गाउँपालिकामा खाना महोत्सव शुरु भएको छ। स्थानीय परिकारलाई आयआर्जनसँग जोड्ने उद्देश्यले मार्क्सवादी ज्ञान केन्द्र काठमाडौंको आयोजनामा सोमबार साँस्कृतिक खाना महोत्सव आयोजना गरिएको हो ।

नराकोटमा आयोजित महोत्सवमा गाउँपालकाका ६ वटै वडाका सात स्टलमा स्थानीय खानाका परिकार सजाइएको छ। कोदो फापर, मकै, भट्टमास, चिनु, कागुनु र मकैका परिकार, खरायोको मासु स्टलमा राखिएका छन्।

महोत्सवको पहिलो दिन सिंजावासीले ​मौलिक खाना मात्र पस्केनन्,स्थानीय देउडा, झोडा, चुटकिला प्रदर्शन गरेर अवलोकनकर्तालाई मनोरञ्जन दिए।

केन्द्रका सचिव हुमनाथ न्यौपानेले सिजाको मौलिक पहिचान देशका अन्य भागलाई साक्षात्कार गराउने र आयआर्जन बढाउने लक्ष्यका साथ पहिलो साँस्कृतिक खाना महोत्सव गरेको जनाए। कार्यक्रमका संयोजक डाक्टर निमानन्द रिजालले जुम्लाको उत्पादन मार्सी, सिमी,फापर र स्याउजस्ता रैथाने बालीलाई यहाँको आम्दानीसँग जोड्नुपर्ने बताए।

गाउँपालिका–२ का अध्यक्ष तीर्थ वडले यस्ता कार्यक्रमलाई स्थानीय सरकारले प्राथमिकता दिने बताए। महोत्सव मंगलबार सम्पन्न हुँदैछ।

सिंजामा साँस्कृतिक खाना महोत्सव

YUGAAWHAN NATIONAL DAILY (2080-02-03)

सिंजामा साँस्कृतिक खाना महोत्सव

मदन–आश्रित स्मृति दिवस : खुल्ला महिला दौड

Leave a comment

Your email address will not be published. Required fields are marked *