सहकारी ऐन तथा नियमावलीमा भएका व्यवस्था लागु गर्न माग

सुर्खेत । राष्ट्रिय सहकारी महासंघ नेपालले सहकारी ऐन, २०७४ र नियमावली, २०७५ मा भएका सहकारी सम्बन्धि व्यवस्था तत्काल कार्यान्वयन हुनु पर्ने माग गरेको छ । आइतवार महासंघले भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको सहकारी रजिष्टार कार्यालयमा सहकारी क्षेत्रले हाल भोगिरहेका समस्या समाधानका लागि ऐन तथा नियमावलीमा भएका व्यवस्थाहरु थयासिघ्र कार्यान्वयमा जोड दिनुपर्ने माग राख्दै ध्यानकर्षण पत्र बुझाएको हो ।

सहकारी अभियानले पटक पटक समस्या समाधानका खातिर सरकारका सम्बन्धित निकायहरुमा लिखित रुपमा गम्भिर ध्यानाकर्षण गराउंदासमेत राज्यस्तरबाट समस्या समाधान गर्नुको साटो सहकारी अभियानले अवहेलना सहदै आएकाले हालको विषम परिस्थितिले निम्त्याएका समस्या र त्यसको समाधानका तर्फ ध्यान दिन प्रदेश सरकारको गम्भिर ध्यानकर्षण गराएको महासंघका वरिष्ठ उपाध्यक्ष ओम देवी मल्लद्वारा हस्ताक्षरित मागपत्रमा भनिएको छ ।

महासंघले बुझाएको १३ बुँदे ध्यानाकर्षणमा अर्थतन्त्रमा आएको संकुचनका कारण अन्य क्षेत्रमा भइ सहकारी क्षेत्र समेत प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा प्रभावित भएको, वित्तीय कारोवार गर्ने सहकारी संस्थाहरूको जोखिम न्यूनीकरणका लागि सहकारी ऐन तथा नियमावलीमा भएका व्यवस्थाहरू कर्जा सूचना केन्द्र, कर्जा असुली न्यायधीकरण, बचत तथा कर्जा सुरक्षण कोषको स्थापनामा ढिलाई तथा सहकारी सन्दर्भ व्याजदर समयमा पुनरावलोकन नहुँदा सहकारी क्षेत्र थप प्रभावित भएको उल्लेख छ ।

यस्तै व्यापार व्यवसायमा आएको मन्दीका कारण सदस्यहरूले ऋणको साँवा र ब्याज नतिर्दा सहकारी संस्थाहरूको सम्पत्ति दायित्व व्यवस्थापनमा कठिनाई भई समग्र सहकारी अभियानलाई नै बदनाम गर्ने मनसायका साथ उश्रृंखल क्रियाकलाप समेत भइ रहेकाले यसमा गम्भिर हुन अनुरोध गरिएको छ ।

हेर्नुहाेस् ध्यानाकर्षण पत्र

सहकारी ऐन तथा नियमावलीमा भएका व्यवस्था लागु गर्न माग

YUGAAWHAN NATIONAL DAILY (2080-01-17)

सहकारी ऐन तथा नियमावलीमा भएका व्यवस्था लागु गर्न माग

प्रदेशसभाका विषयगत समितिले पाए पूर्णता

Leave a comment

Your email address will not be published. Required fields are marked *