कर्णालीमा कुल ५४ अर्ब कर्जा, ६० अर्ब निक्षेपः कृषि कर्जा अनुपात घट्यो

पुनम वि.सी.

सुर्खेत, १३  फागुन ।

गत आर्थिक वर्ष २०७८÷०७९ का कर्णाली प्रदेशमा वाणिज्य बैंक तथा वित्तीय संस्थाले ४९ वटा शाखा विस्तार गरे । २०७९ असारसम्ममा कर्णालीमा कुल चार सय ५५ वटा वित्तीय संस्थाहरुको शाखा संख्या पुगेको छ । यसैगरी आ.व २०७८÷०७९ मा कर्णाली प्रदेशमा वित्तीय संस्थाहरुले कर्जा लगानीमा समेत वृद्धि गरेका छन् ।

अघिल्लो आर्थिक वर्षको तुलनामा आ.व २०७८÷०७९ मा सात दशमलव २४ प्रतिशतले बढेर कर्जा लगानी कुल ५४ अर्ब ९२ करोड ९४ लाख रुपैयाँ पुगेको छ । यसैगरी निक्षेपतर्फ समेत पाँच दशमलव ८७ प्रतिशतले वृद्धि भएको देखिन्छ । यस आर्थिक वर्षमा ६० अर्ब ३२ करोड ७८ लाख ६० हजार रुपैयाँ निक्षेप संकलन भएको नेपाल राष्ट्र बैंकको सुर्खेत कार्यालयले जनाएको छ ।

नेपाल राष्ट्र बैंकको सुर्खेत कार्यालयद्वारा प्रकाशित ‘प्रादेशिक आर्थिक गतिविधि अध्ययन प्रतिवेदन–२०७९’ मा, कर्णाली प्रदेशमा बैंक तथा वित्तीय संस्थाहरुले प्रवाह गरेको कुल कर्जामध्ये सबैभन्दा धेरै ८४ दशमलव २९ प्रतिशत कर्जा सेवा क्षेत्रमा प्रवाह भएको जनाइएको छ ।
आ.व २०७६÷०७७ मा कर्णालीमा बैंक तथा वित्तीय संस्थाले दुई अर्ब ६५ करोड ५७ लाख ३० हजार रुपैयाँ कर्जा लगानी गरेका थिए । आ.व २०७७÷०७८ मा भने यो संख्या बढेर तीन अर्ब ९२ करोड ६३ लाख पुगेको थियो ।
गत आर्थिक वर्ष २०७८÷०७९ मा बैंक तथा वित्तीय संस्थाले कर्णालीमा कुल चार अर्ब ९५ करोड ३९ लाख ३० हजार रुपैयाँ कर्जा लगानी गरेका थिए ।

२०७७÷०७८ मा ४७ प्रतिशत बढीले कृषि कर्जामा वृद्धि भएपनि यसको तुलनामा २०७८÷०७९ मा २६ प्रतिशतले मात्र कृषि कर्जामा वृद्धि भएको छ । राष्ट्र बैंकको अध्ययन प्रतिवेदनले अअघिल्लो वर्षको तुलनामा २०७८÷०७९ मा बैंक तथा वित्तीय संस्थाहरुले कृषि क्षेत्रका कर्जा घटाएको देखिन्छ ।

प्रदेशका जिल्ला गत रुपमा हेर्दा डोल्पामा कृषि कर्जा ४४ प्रतिशतले घटेको छ । अन्य जिल्लाको तुलनामा मुगुमा भने कृषि कर्जा बढेको देखिन्छ । यस जिल्लामा २०७८÷०७९ मा नौं करोड ६९ लाख २० हजार रुपैयाँ कृषि कर्जा प्रवाह भएको छ । आ.व २०७७÷०७८ को तुलनामा यहाँ एक सय प्रतिशत भन्दा धेरै हाराहारिमा कर्जा प्रवाह भएको हो ।

अघिल्ला आर्थिक वर्षको तुलनामा हुम्लामा करिव दुई प्रतिशतले कृषि कर्जा लगानी बढेको छ । जुम्लामा भने ६४ प्रतिशतले कृषि कर्जा घटेको देखिन्छ । कालिकोटमा समेत ३४ प्रतिशतले कृषि कर्जा घटेको छ । दैलेखमा ३९, जाजरकोटमा ४९, रुकुम पश्चिममा २६, सल्यानमा १९ र सुर्खेतमा तीन प्रतिशतले कृषि लगानी दर घटेको प्रतिवेदनमा उल्लेख छ ।

आ.व २०७८÷०७९ मा डोल्पामा नौं करोड २० लाख ३० हजार, मुगुमा नौं करोड ६९ लाख २० हजार रुपैंया, हुम्लामा २० करोड ३९ लाख रुपैयाँ, जुम्लामा ५१ करोड ८३ लाख ३० हजार रुपैयाँ कृषि कर्जा प्रवाह भएको छ ।

यसैगरी कालिकोटमा ११ करोड ७६ लाख रुपैयाँ, दैलेखमा ३१ करोड ३९ लाख २० हजार रुपैयाँ, जाजरकोटमा २९ करोड ९० लाख चालिस हजार रुपैयाँ, रुकुम पश्चिममा ४७ करोड ५३ लाख २० हजार रुपैयाँ र सल्यानमा ५५ करोड ६० हजार रुपैयाँ कृषि कर्जा प्रवाह भएको छ । कर्णालीमा सबैभन्दा धेरै सुर्खेत जिल्लामा भने कुल दुई अर्ब २८ करोड ६८ लाख १० हजार रुपैयाँ कृषि कर्जा प्रवाह भएको राष्ट्र बैंकको तथ्यांक छ ।

सहुलियतपूर्ण र विपन्न वर्ग कर्जा न्यून

कर्णालीमा बैंक तथा वित्तीय संस्थाले प्रवाह गर्ने सहुलियतपूर्ण र विपन्न वर्ग कर्जा ज्यादै न्यून छ । अन्य प्रदेशको तुलनामा कर्णालीमा सबैभन्दा कम सहुलियतपूर्ण र विपन्न वर्ग कर्जा प्रवाह भएको राष्ट्र बैंकले जनाएको छ ।

अन्य प्रदेशको तुलनामा यहाँ बैंक तथा वित्तीय संस्थाको पहुँचमा समेत कमी छ । यसका साथै कर्णालीमा तुलनात्मक रुपमा अन्य प्रदेशभन्दा कम कर्जा उपयोग भएको समेत देखिन्छ । कर्णाली प्रदेशले सहुलियतपूर्ण कर्जा तर्फ एक दशमलव ४८ प्रतिशत, विपन्न वर्ग कर्जा एक दशमलव ४६ प्रतिशत र पुर्नकर्जा दुई दशमलव ४४ प्रतिशत उपयोग गरेको राष्ट्र बैंकको तथ्यांक छ ।

तुलनात्मक रुपमा हेर्दा कर्जा उपयोगतर्फ सबैभन्दा बढी रहेको बागमति प्रदेशमा सहुलियतपूर्ण कर्जा ३४ दशमलव ९३ प्रतिशत, विपन्न वर्ग कर्जा ४८ दशमलव शून्य ६ प्रतिशत र पुर्न कर्जा ४१ दशमलव ३८ प्रतिशत रहेको छ ।

कर्णालीमा कुल ५४ अर्ब कर्जा, ६० अर्ब निक्षेपः कृषि कर्जा अनुपात घट्यो

८ दलीय समझदारी सिंगो राष्ट्रकै सहमति हो

कर्णालीमा कुल ५४ अर्ब कर्जा, ६० अर्ब निक्षेपः कृषि कर्जा अनुपात घट्यो

तङ् -इल मो- द‍ो संघकाे  कर्णाली प्रदेश

Leave a comment

Your email address will not be published. Required fields are marked *

This will close in 0 seconds