वडाध्यक्षले कुटपिट गरेको भन्दै कर्मचारीले दिए प्रहरीमा उजुरी

पोखरा, १३ फागुन ।

कास्कीको माछापुच्छ्रे गाउँपालिकाका सहायक इञ्जिनियर लक्ष्मण जिसीले आफूलाई वडाध्यक्षले कुटपिट गरेको भन्दै प्रहरीमा उजुरी दिएका छन्।

उनले वडा नम्बर ८ का वडाध्यक्ष रामबहादुर गुरूङले शुक्रबार बिहान १०ः३० बजे कार्यालयमै अपशब्द बोल्दै कुटपिट गरेको भन्दै जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका हुन्। केसीले प्रहरीमा पेश गरेको उजुरीमा वडाध्यक्ष गुरूङको कुटपिटबाट टाउको, नाक, घाँटी र शरीरका विभिन्न ठाउँमा चोट लागेको उल्लेख गरेका छन्।

निवेदनमा केसीले वडाध्यक्षलाई कारबाही गरी आफ्नो जीउ ज्यानको सुरक्षा गर्न समेत माग गरेका छन्। यता, वडाध्यक्ष गुरूङले आफूमाथि आक्रमण गर्न खोजेपछि सामान्य धकेलाधकेल भएको बताएका छन्। इञ्जिनियर जिसीले आफूमाथि हेलमेट प्रहार गर्न खोजेपछि रोकेको उनले जिकिर गरेका छन्।

कास्कीको ल्वाङ गाउँमा पर्खाल लगाउने विषयमा बारम्बार अनुरोध गर्दा पनि इञ्जिनियर जिसीले इस्टिमेट तयार नगरिदिएको, समयमा कार्यालय नआउने लगायतका कारण यसअघि पनि विवाद भएको उनले बताए। सहायक इञ्जिनियर जिसीले प्रहरीमा उजुरी दिएपछि प्रहरीले वडाध्यक्ष गुरूङलाई कार्यालयमा बोलाएको जनाएको छ।

वडाध्यक्षले कुटपिट गरेको भन्दै कर्मचारीले दिए प्रहरीमा उजुरी

पत्नीसँग विवाद हुँदा उद्धवले आफैंलाई जलाए

Leave a comment

Your email address will not be published. Required fields are marked *

This will close in 0 seconds