सुर्खेतमा माघी विशेष शुभकामना कार्यक्रम सम्पन्न

सुर्खेत,२४ पाैष ।

माघी पर्वको  अवसरमा वीरेन्द्रनगरमा लखागिन थारु उत्थान मञ्च सुर्खेतको मूल आयोजना र राष्ट्रिय थारु कलाकार मञ्च सुर्खेतको सहआयोजनामा नयाँ वर्षको रुपमा मनाइने थारु समुदायको माघी मिलन तथा शुभकामना आदान प्रदान कार्यक्रम विविध सांस्कृतिक नाचगान गरी सम्पन्न गरेको छ ।

कार्यक्रममा माघी पर्वकोे महत्व एवम् मौलिकताका बारेमा नयाँ पुस्तालाई थाहा नहुँदा संस्कृतिप्रति सद्भाव हराउदै गएकोले वीरेन्द्रनगर नगरपालिकाको वडा नं २ मा यस पर्वको महत्वको बारेमा एवम् मघौटा नाचसहित कार्यक्रम मनाएको कुरा लखागिन थारु उत्थान मञ्च सुर्खेतका अध्यक्ष मान बहादुर चौधरी ‘पन्ना’ले बताए ।

माघी पर्वको महत्वको बारेमा मानविर थारुले थारुहरुको महान पर्व माघी मनाउने विधि तौरतरिका, समुदायमा यसको महत्व र वर्तमान विभिन्न संस्कृतिको प्रभावको चुनौेती र नयाँ पुस्ताले आफ्नो संस्कृतिलाई आत्मसात गर्नुपर्ने लगायतको विषयमा विचार व्यक्त गरे ।

कार्यक्रमका प्रमुख अतिथि सुर्खेत वीरन्द्रनगर नगरपालिकाका वडा नं २ को वडाअध्यक्ष गजबहादुर बुढाले थारुहरुको ऐतिहासिक चाड माघीमा सबै गाउँबाट जम्मा भएर मनाउने कामले संस्कृति संरक्षणमा महत्वपूर्ण योगदान पुग्ने बताएका छन  ।  २ नं वडासदस्य रमेश चौधरी, कालुराम दहित, थारु वुद्धिजीवि अमर चौधरी, शेर बहादुर थारु, टिकाराम थारु, लगायतका वक्ताहरुले थारुहरुको मौलिक पहिचान बचाउन सबैले साथ दिनु पर्नेमा जोड दिएका छन  ।

सुर्खेतमा  माघी विशेष शुभकामना कार्यक्रम सम्पन्न

YUGAAWHAN NATIONAL DAILY (2079-09-24)

सुर्खेतमा  माघी विशेष शुभकामना कार्यक्रम सम्पन्न

जनहितकारी बचत तथा ऋण सहकारीको वार्षिक साधारण

Leave a comment

Your email address will not be published. Required fields are marked *

This will close in 0 seconds