तराईमा बाक्लो हुस्सु, अरू क्षेत्रको मौसम कस्तो छ?

काठमाडौं,२४ पाेष ।
हाल तराईका अधिकांश भूभागमा बाक्लो हुस्सु लागिरहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार प्रदेश १, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागहरूमा मौसम सामान्यतया सफा रहनेछ।
यस्तै महाशाखाले प्रदेश १, गण्डकी प्रदेश र कर्णाली प्रदेशका हिमाली भूभागमा केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको जनाएको छ।
हुस्सु÷कुहिरोले जनजीवन र यातायातमा प्रभाव पर्ने सम्भावना रहेकोले आवश्यक सावधानी अपनाउन अनुरोध गरेको छ।
काठमाडौं उपत्यकामा पनि बिहानैदेखि कुहिरो लागेको छ। यद्यपि केही समयपछि घाम लाग्ने मौसम पूर्वानुमान महाखाकाले जनाएको छ।
हेर्नुहोस् आगामी तीन दिनको मौसम पूर्वानुमान
आइतबार
दिउँसोः प्रदेश नं १, कर्णाली प्रदेश र सुदुर पश्चिम प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागहरूमा मौसम सामान्यतया सफा रहनेछ। बिहानीपख तराईका धेरै भू–भागहरूमा हुस्सु÷कुहिरो लाग्ने सम्भावना रहेको छ।
रातिː सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागहरूको मौसम सामान्यतया सफा रहनेछ।
त्भबअजभ्कभधबलष्अ
सोमबार
दिउँसोः सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशमा आंशिक देखि सामान्य बदली तथा बाँकी भू–भागमा आन्शिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ। सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश र गण्डकी प्रदेशका हिमाली भू–भागका एक वा दूई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।
रातिः गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा आंशिक देखि सामान्य बदली तथा बाँकी भू–भागहरूको मौसम सामान्यतया सफा रहनेछ। सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश र गण्डकी प्रदेशका हिमाली भू–भागका थोरै स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ ।
मंगलबार
दिउँसोः देशका पहाडी भू–भागमा आंशिक देखि सामान्य बदली तथा बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ। उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ ।
रातिः देशका पहाडी भू–भागमा आंशिक बदली तथा बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ। उच्च पहाडी तथा हिमाली भू–भागका एक वा दूई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।
सेताेपाटी






