यस्तो छ आजको मौसम, कहाँ कहाँ हिमपात

काठमाडौं,१६ पाैष ।

हाल देशका पहाडी भू–भागमा आंशिक बदली रही तराईका केही भू–भागमा हुस्सु÷कुहिरो लागेको छ। पश्चिमी न्यून चापीय प्रणालीको सामान्य प्रभावले शनिबार प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहनुका साथै हिमाली भू–भागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू–भागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ। आइतबार देशको पहाडी भू–भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू–भागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ।

प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ। देशको हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ। वर्षा, हिमपात र तराईका केही भू–भागमा हुस्सु÷कुहिरो लाग्ने भएकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।

सेताेपाटी 

यस्तो छ आजको मौसम, कहाँ कहाँ हिमपात

मदनको पानाको जङ्गलमा मृत्यु

यस्तो छ आजको मौसम, कहाँ कहाँ हिमपात

फर्किने तयारीमा थिए निराकार

Leave a comment

Your email address will not be published. Required fields are marked *