नेपालमा गरेको अनुसन्धानमा आधारित नीतिगत सुझाव पत्रमाथि त्रिविमा छलफल

काठमाडौं,५ पाैष ।

नेपालका सीमान्तकृत समुदायको अंग्रेजी भाषा र प्रविधिमा पहुँच अनुसन्धानमा आधारित नीतिगत सुझाव पत्रमाथि छलफल गरिएको छ। त्रिभुवन विश्वविद्यालय शिक्षा विकास तथा अनुसन्धान केन्द्रले सोमबार अनुसन्धानात्मक नीतिगत सुझाव पत्रमाथि सरोकारवालाहरूसँग छलफल गरेको हो।

निम्न आयस्रोत भएका देशमा सीमान्तकृत समुदायको अंग्रेजी भाषा र प्रविधिमा पहुँच कस्तो छ भन्नेबारे अनुसन्धान गरिएको थियो। उक्त अनुसन्धान पत्रले उठाएका उपलब्धिमाथि सरोकारवालाहरूसँग छलफल गरेर थप सुझावसमेत लिइएको छ।

त्रिवि शिक्षा विकास तथा अनुसन्धान केन्द्रले ब्रिटिश काउन्सिलको सहयोगमा खुला विश्वविद्यालय यूकेसँग सहकार्य गरी सीमान्तकृत समुदायमा अंग्रेजी भाषा र प्रविधिमा पहुँचबारे नेपाल, बंगलादेश, सेनेगल र सुडानमा अनुसन्धान गरेको थियो।

अनुसन्धानबाट प्राप्त उपलब्धि शिक्षा क्षेत्रमा नीति बनाउन आवश्यक हुने ठानिएको छ। शिक्षा मन्त्रालय र अन्य सरोकारवाला निकायलाई नीति निर्माणमा यस्ता अनुसन्धानले सहयोग गर्नेछ। सीमान्तकृत समुदायका विद्यार्थीलाई प्रविधिसँग जोड्दै दीगो सिकाइतर्फ अग्रसर गराउन अनुसन्धानात्मक पत्रमा सुझावसमेत दिइएको छ।

उक्त अनुसन्धानको सुझाव पत्रमाथि खुला विश्वविद्यालय यूकेका तर्फबाट डा. सरस्वती दवाडी र नेपालका तर्फबाट त्रिविका डा. कमलराज देवकोटाले प्रस्तुतीकरण दिएका थिए। नेपालमा गरिएको अनुसन्धानका प्राप्तिलाई आधार मानेर तयार पारिएको मस्यौदा सुझाव पत्रमाथि छलफल गरिएको देवकोटाले बताए।

उक्त कार्यक्रममा त्रिविका रेक्टर प्रा.डा. शिवलाल भुसाल, प्रा.डा. चित्रबहादुर बुढाथोकी, त्रिविको अनुसन्धान निर्देशनालय, पर्यवेक्षण निर्देशनालय, खुला तथा दूर शिक्षा केन्द्र, त्रिविका कार्यकारी निर्देशकहरू, शिक्षा विकास तथा मानव स्रोत विकास केन्द्रका प्रतिनिधि, विश्वविद्यालयका प्राध्यापकहरू, विद्यालयका प्रधानाध्यापक, शिक्षक, अनुसन्धानकर्ताहरू, विद्यार्थीहरू र गैरसरकारी संघसंस्थाका प्रतिनिधिहरू पनि सहभागी थिए।

सेताेपाटी 

नेपालमा गरेको अनुसन्धानमा आधारित नीतिगत सुझाव पत्रमाथि त्रिविमा छलफल

उच्च पहाडी क्षेत्रमा हल्का वर्षा र हिमपातको

नेपालमा गरेको अनुसन्धानमा आधारित नीतिगत सुझाव पत्रमाथि त्रिविमा छलफल

काठेपुलको जिल्ला

Leave a comment

Your email address will not be published. Required fields are marked *

This will close in 0 seconds