सांसद शाहको पहलमा ७९ मजदुरको उद्दार

सल्यान (सल्लीबजार), ९ बैशाख । सल्यानका अलपत्र ७९ जना मजदुर नेता शाहकाे पहलमा द्वारा उद्दार सल्यानकाे विभिन्न स्बाथानबाट मजदुरीकाे सिल्सिलामा भक्तपुर इट्टाभट्टीमा काम गर्न गएका ५७ जनालाई घर पठाएको छ । मजदुरिकाे लागि उनीहरु त्यहाँ पुगे पछि डकडाउनका कारण समस्यामा परे पछि उनिहरुलाइ गाडीको व्यवस्था गरी घर पठाएको छ ।

कपुरकाेट गाउपालिका वडा नं. १ का २२ जना,शारदा नपा वडा नं. १४ का १७ जना, शिद्दकुमाख गाउपालीकाका १८ जना र कुमाख गाउपालिकाका १७ जना लाई अाज काठमाडौं बाट उद्दार गरि घर पठएको छ । हाल अाएर विश्वमा फैलिएको काेरना भाइरसका कारण देश लकडाउन भएकोले उहाँहरुकाे खानपिनमा बिचल्ली भए पछि घर पठाउने व्यवस्था गरिएको नेकपा नेता तथा प्रदेश सभा सदस्य साथै नेकपा सचेतक गुलाव जंग शाहले जानकारी दिनु भएको छ ।

उहांँहरु मध्येका एक जना मजदुर कपुरकाेट गाउँपालिकाका धन बहादुर रानाले अाफुहरु समस्यामा परेकाे भनेर गाउपालिका अध्यक्ष भिम बहादुर सेनलाई जानकारी गराएकाे वताए । अर्का मजदुर लिलादेवी कवरले नेकपाका नेता रमेश मल्ललाई जानकारी गराए पश्चात् उहाँहरु सबैलाई सल्यान क्षेत्र नं.१ का माननीय तथा नेकपा कर्णाली प्रदेश संसदीय दलका प्रमुख सचेतक माननिय शाहकाे पहलमा काठमान्डौं बाट उद्दार गरि सल्यान तर्फ पठाउनु भएकाे छ ।

वस्न खानकाे निकै पीडा भएको याे अवस्थामा मलमपट्टी लगाउने अवसर प्रदान गर्ने सुचना कर्ता तथा समन्वयकाे महत्त्वपूर्ण भुमिका खेल्ने कपुरकाेट गाउपालीका अध्यक्ष भिम बहादुर सेन ,नेकपाका नेता रमेश मल्ल तथा उद्दार गर्नु हुने शाह लगायत सबैलाई उनिहरुले स्राहनिय काम भएको जनाएका छन् ।

सांसद शाहको पहलमा ७९ मजदुरको उद्दार

मन्त्री ज्वालाको पहलमा मजदुरको उद्धार

सांसद शाहको पहलमा ७९ मजदुरको उद्दार

सांसद शाहीद्वारा अलपत्रको उद्दार

Leave a comment

Your email address will not be published. Required fields are marked *

This will close in 0 seconds