ज्यालामजदुरी गर्ने परिवारलाई खाद्यान्न

सुर्खेत, २८ चैत ।
ज्यालामजदुरी गरेर जिविकोपार्जन गर्ने वीरेन्द्रनगर–६ खोर्केखोला लाइनका मजदुर परिवारलाई खाद्यान्न सामाग्री वितरण गरिएको छ । कोरोना भाइरस (कोभिड–१९) र सरकारले घोषणा गरेको लकडाउनका कारण ज्याला मजदुरी गरेर जिवननिर्वाह गर्ने परिवार संकटमा परेपछि राजु फर्निचर उद्योगका मालिक राजु गहतराजले खाद्यान्न सहयोग गरेका हुन ।

खोर्केलाइनका ४० घरपरिवारका लागि प्रति परिवार सोना मन्सुली चामल ३० केजि, दाल एक केजी, नून एक केजी र तेल आधा लिटर हस्तान्तरण गरिएको फर्निचर उद्योगका प्रो. राजु गहतराजले जानकारी दिए । यो विश्व संकटमा ज्यालामजदुरी गरेर जिविकोपार्जन गर्ने परिवारलाई सानो सहयोग गर्न पाएकोमा खुशी लागेको बताउँदै उनले श्रमिक वर्गको सम्मान गर्दै सामाजिक कार्यमा आफ्नो सहभागिता र सहयोग जारी रहने जानकारी दिए ।

तपाईको प्रतिक्रिया