किन चलेनन् सुर्खेत घण्टाघरका ‘घडी’

सुर्खेत, १ फागुन ।
कुनै समय वीरेन्द्रनगर उपत्यकाको विचमा रहेको घण्टाघरका घडीमा टिङटिङ आवाज आउथ्यो । स्थानीयवासीले सोही आवाज सुनेर कति बज्यो भनेर अकंल लगाउथे भने बाटो हिड्ने बटुवा र घण्टाघर हेर्न पुगेको पर्यटकहरुले समय सहजै थाहा पाउथे तर आज बर्षौ समय बितेको छ ।

घण्टाघरको घडी चल्न छाडेको वीरेन्द्रनगर उपत्यकाको एक महत्वपूर्ण पर्यटकिय क्षेत्रको रुपमा रहेको घण्टाघरको घडी मात्र हैन, अन्य व्यवस्था काममा समेत चरम लापरवाही गरेको पाइएको छ । राजधानी वीरेन्द्रनगर आउने विभिन्न क्षेत्रका मानिसहरु घण्टाघरमा व्यवस्थापनको लापरवाहिका कारण पर्यटकहरु दुर्गन्ध र जीर्ण संरचना हेर्दै फर्किने गरेका छन् ।

बिच बजारमा सबैलाई पायक पर्ने ठाउँमा रहेको घण्टाघरको मर्मतको अभावका कारण जीर्णं बन्दै गएको छ । बाहिरबाट झट्ट हेर्दा राम्रो देखिने जति प्रचार गरिएपनि भित्र दुर्गन्ध, जीर्ण संरचना, सुख्खा जमिन बाहेक अरु केही पनि नभएको बाँकेको कोहलपुरबाट सुर्खेत घुम्न आएकी शान्ति बिष्टले बताईन । पहिला–पहिला त धेरै राम्रो थियो उनले भनिन ‘दुई वर्षपछि वीरेन्द्रनगर आएको घण्टाघरको स्वरुपनै बदलियको छ । यस अघि सफा र चिटिक्क घण्टाघर अहिले दुर्गन्ध र जीर्ण अवस्थामा छ ।’

 

घडीले समय देखाउन छाडेको छ । घण्टाघरको बाहिर जति प्रचार गरेपनि व्यवारमा एकदमै खत्तम रहेको धनगढीबाट वीरेन्द्रनगर आएका रोशन चौधरीले बताए । काम विशेषले आएका चौधरीले घण्टाघरको व्यवस्थापनमा चरम लापरवाही देखिएको बताए । यस अघि सर्वसाधारणलाई समय हेर्न सजिलो होस भन्ने हेतुले वि.सं. २०४५ सालमा चीन सरकारको सहयोगमा जडान गरिएका ४ वटा घडी बिग्रिएको वर्षौै भएको छ ।

वीरेन्द्रनगर नगरपालिकाले घण्टाघरको संरक्षण र पर्यटकिय स्थलको विकास गर्नको लागी व्यवसाय चिन्तामणी शर्मालाई विं. सं. २०६८ सालमा बार्षिक ५० हजार भाडामा सम्झौता गरेर दिएको थियो । शर्मासंगको १० वर्षे ठेक्का सम्झौता सकिएर नयाँ व्यवसायीसँग ठेक्का सम्झौताको प्रतिक्रियामा रहेको वीरेन्द्रनगर नगरपालिका स्रोत बताएको छ ।

जनप्रतिनीधी भएर आएदेखी नै घडी परिवर्तनको लागि लागेपनि प्राविधिक कारणले ढिलाई भएको बताएको नगरपालिकाले पछिल्लो समय बिरगञ्जको घण्टाघर व्यवस्थापकसंगको समन्वयमा घडी परिवर्तन गर्ने प्रक्रियामा रहेको बताएको छ । साथै नयाँ व्यवसायीले घण्टाघरको जिम्मा लिएसंगै सबै व्यवस्थापकिय कामहरुमा पुन सुधार आउने वीरेन्द्रनगर नगरपालिकाका प्रमुख देवकुमार सुवेदीले बताए । घण्टाघरका घडी व्यवस्थापनको लागि मात्रै झण्डै १५ देखी २० लाख लाग्ने प्राविधिकहरु बताउँछन ।

यस अघि कर्णाली प्रदेश सरकारले पार्क र घडी मर्मतको लागि ४५ लाख बजेट विनियोजन गरेपनि खरिद प्रक्रिया नै सुरु नभएर बजेट फ्रिज भएको थियो । वीरेन्द्रनगर–८ मा रहेको घण्टाघरमा ६० प्रतिशत क्षेत्र पदमार्ग सहितको खुल्ला हरियाली तथा फुल बगैचासहित पार्कको रुपमा विकास गर्ने, अढाई कठ्ठा जमिनमा बाल उद्यान स्थलको रुपमा विकास गर्ने, एक कठ्ठामा व्यवसायक स्टल तथा रेष्टुरेन्तको रुपमा विकास गर्न सक्ने लगायतका थुप्रै सर्तहरु राखेर नगरपालिकाले व्यवसायीलाई हस्तान्त्रण गर्दै आएको छ । (हाम्रो नयाँ नेपालबाट साभार)

किन चलेनन् सुर्खेत घण्टाघरका ‘घडी’

सुर्खेत कुइनेकाे दुई प्रदेश जोड्ने पुल निर्माणकार्य

किन चलेनन् सुर्खेत घण्टाघरका ‘घडी’

YUGAAWHAN NATIONAL DAILY (2078-11-01)

Leave a comment

Your email address will not be published. Required fields are marked *

This will close in 0 seconds