पञ्चकोशी यातायात प्रा.लिले कोरोना भाइरसबाट बच्नका लागि सन्देश दिदैँ

सुर्खेत : सुरक्षित र भरपर्दो यातायात सेवासंगै सामाजिक कार्य समेत गर्दै आएको सुर्खेतको पञ्चकोशी यातायात प्रा. लिले कोरोना भाइरसबाट बच्नका लागि पूर्व शर्तकता अपनाउनुपर्ने सन्देशसहितको चेतनामूलक अभियान सञ्चालन गरेको छ ।

प्रा. लिले सोमबार वीरेन्द्रनगरका विभिन्न ३ वटा मुख्य चोकहरुमा पानी ट्यांकर र साबुनको व्यवस्थापन गरी कोरोनाबाट बच्नका लागि नियमित हात धुनुपर्ने सन्देशसहितको अभियान सञ्चालन गरेको हो ।

नागरिकहरुको बाक्लो आवत जावत हुने वीरेन्द्रचोक, मंगलगढीचोक र मंगलगढी चोकमा ३ ट्यांकर पानी र साबुनसहित अभियान सञ्चालन गरिएको प्रा. लिका अध्यक्ष सञ्जय खत्रीले जानकारी दिए । हात धुने अभियानमा थुप्रै सर्वसाधारणको उत्साहजनक र उल्लेख्य सहभागिता रहेको बताउँदै अध्यक्ष खत्रीले धेरे भीडभाडमा नजान र जानैपरे पूर्व सावधानी र शतर्कता अपनाउन सुझाव समेत दिइएको उल्लेख गरे ।

सुरक्षित र भरपर्दो व्यवसायिक सेवासंगै सामाजिक जिम्मेवारी पूरा गर्नका लागि पनि हातधुने अभियान गरिएको हो । अध्यक्ष खत्रीले भने, प्रा लिका तर्फबाट आगामी दिनपनि पनि सामाजिक कार्य निरन्तर जारी रहनेछन । यसका साथै अत्यावश्यक कामका लागि धेरै सर्वसाधारणको आवत जावत रहने ५० वटा सार्वजनिक स्थलहरुमा पनि कोरोना भाइरसबाट जोगिने उपाय र सुझावसहितका चेतनामूलक ब्यानर टाँगिएको उनले बताए ।

सुर्खेतस्थित मानव सेवा आश्रमलाई १० हजार आर्थिक सहयोग र प्रशान्ति वृद्धाश्रमका ज्येष्ठ नागरिकलाई धार्मिक स्थलहरुको दर्शन गराई गत वर्षबाट सेवा शुरु गरेको प्रा. लिले केहि समयअघि मानव सेवा आश्रममा आश्रितहरुलाई पर्यटनकीय स्थलहरु घुमाएको थियो । आगामी बैशाख महिनादेखि लागू हुने गरी प्रत्येक टिकटबाट १ रुपैयाँ सामाजिक कार्यका लागि संकलन गरी सामाजिक संघसंस्थालाई उपलब्ध गराउने घोषणा प्रा. लिले यसअघि नै गरिसकेको छ ।

तपाईको प्रतिक्रिया