रुघाखोकीका बिरामी बढेपछि गाउँमै शिविर

डोल्पा : जिल्लाको ठूलीभेरी नगरपालिका अन्तर्गत ९ मा पर्ने डाँगीबाडामा मौसमी रुघाखोकीका बिरामी बढेपछि निःशुल्क स्वास्थ परीक्षण शिविर नै सञ्चालनमा ल्याइएको छ ।
वडाका मोतिपुर र डाँगीबाडामा सञ्चालन गरिएको उक्त शिविरमा करिब चार सय सर्वसाधारणले स्वास्थ परीक्षण गराएका अनमी विष्णु बुढाले जानकारी दिए । शनिवार भएको शिविरमा वडा नम्बर ८ का सर्वसाधारण पनि सहभागी भएका थिए ।

स्वास्थ परीक्षणका क्रममा बिरामीहरुमा रुघाखोकी, ज्वरो, झाडापखाला, टाउको दुख्ने, रिँगटा लागनेजस्ता लक्षण भेटिएको स्वास्थकर्मीले बताए । शिविरमा सर्वसाधारणको स्वास्थ परीक्षणपछि बिरामीका लागि औषधि वितरण र परामर्शसमेत दिइएको थियो । यस अघि पनि मौसमी रुघाखोकीका बिरामी बढेपछि ९ नम्बर वडाको आयोजनामा मोतिपुर गाउँमा निःशुल्क स्वास्थ परीक्षण शिविर सञ्चालन गरिएको थियो ।

तपाईको प्रतिक्रिया