कर्णाली प्रदेशमा ११२ स्वास्थ्यकर्मी भर्ना

सुर्खेत । कर्णाली प्रदेश सरकारले ११२ जना स्वास्थ्यकर्मी भर्ना गरेको छ। सामाजिक विकास मन्त्रालय अन्तर्गत प्रदेश स्वास्थ्य सेवा निर्देशनालयले पाँचौँ तहका स्वास्थ्यकर्मी भर्ना गरेको हो।

निर्देशनालयका अनुसार नियुक्त भएका स्वास्थ्यकर्मीमध्ये स्टाफ नर्स ७६, ल्याब टेक्निसियन १२, हेल्थ असिस्टेन १०, रेडियोग्राफर ६, फार्मेसी सहायक ६ र कविराज दुईजना छन्। करार सेवामा नियुक्त भएका सबैलाई पाँच दिनभित्र तोकिएको कार्यक्षेत्रमा पुग्न निर्देशन दिइएको छ ।

कोरोना भाइरसको दास्रो लहरसँगै संक्रमित तीव्र दरमा बढेपछि कर्णाली प्रदेशमा स्वास्थ्यकर्मीको चरम अभाव हुँदै आएको छ। बिरामीको चाप थेग्न नसकेपछि करारमा स्वास्थ्यकर्मी नियुक्त गरिएको प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डा. रवीन खड्काले बताए ।

‘प्रदेशभर एक चौथाइ कर्मचारी मात्रै छन्, महामारी नियन्त्रणका लागि यो जनशक्ति निकै कम हो,’ डा. खड्काले भने, ‘त्यसैले पाँचौँ तहका ११२ जना स्वास्थ्यकर्मी नियुक्त गरेका हौँ। नियुक्त भएका सबै स्वास्थ्यकर्मीलाई कोरोना नियन्त्रणमा खटाएका छौँ ।’ नवनियुक्त स्वास्थ्यकर्मीहरुलाई जिल्लामा कोरोना संक्रमणको अवस्था, अस्पतालमा संक्रमितको चाप र मागका आधारमा प्रदेशका दशवटै जिल्लामा खटाइएको डा. खड्काले बताए।

कर्णाली प्रदेशमा ११२ स्वास्थ्यकर्मी भर्ना

चीनबाट पहिलो चरणमा ४०० खाली अक्सिजनको खाली

कर्णाली प्रदेशमा ११२ स्वास्थ्यकर्मी भर्ना

वीरेन्द्रनगरबाट लागु औषध सहित तीनजना पक्राउ

Leave a comment

Your email address will not be published. Required fields are marked *

This will close in 0 seconds