गाउँपालिका अध्यक्षसहित चारजनाविरुद्ध पक्राउ पुर्जी

दैलेख : जिल्लाको नौमुले गाउँपालिकाका अध्यक्ष भदे बुढा मगरसहित चारजनालाई अभद्र व्यवहारसम्बन्धी मुद्दामा पक्राउ गर्न जिल्ला प्रशासन कार्यालय दैलेखले प्रहरीलाई अनुमति दिएको छ।

माघ १३ गते जनजाति महासंघको बैठक सकेर घर फर्कने क्रममा नौमुले गाउँपालिका–५ का कृष्ण सलामीमाथि अभद्र व्यवहार गरेको उजुरी जिल्ला प्रहरी कार्यालय दैलखमा परेको थियो । सोही उजुरीका आधारमा जिल्ला प्रशासन कार्यालय दैलेखले गाउँपालिकाका अध्यक्ष मगरसहित चारजनालाई पक्राउ गर्न अनुमति दिएको दैलेखका प्रमुख जिल्ला अधिकारी युवराज कट्टेलले बताए ।

हतियारसहित गएर कृष्ण सलामीलाई अभद्र व्यवहार गरेको भन्दै कृष्ण सलामीका दाइ गणेश सलामीले उजुरी दिएका थिए । गणेशको उजुरीका आधारमा उनीहरूलाई पक्राउ गर्न जिल्ला प्रशासन कार्यालयले अनुमति दिएको जिल्ला प्रहरी कार्यालय दैलेखका सूचना अधिकारी एवं प्रहरी निरीक्षक नैनबहादुर सावदले बताए । अध्यक्ष मगरसहित गणेश थापा मगर, कपिल सिंह र छविलाल राम्जालीलाई अनुमति दिइको हो ।

उनीहरूविरुद्ध अभद्र व्यवहारसम्बन्धी उजुरी परेपछि गणेश थापा मगर कपिल सिंहलाई प्रहरीले पक्राउ गरिसकेको जनाएको छ। गाउँपालिकाका अध्यक्ष मगर र राम्जाली भने फरार रहेको उनले बताए बताए । प्रमुख जिल्ला अधिकारी कट्टेलले कानुनलाई हातमा लिन खोजेर अनैतिक कार्य गर्ने जोकोहीलाई पनि कानुनी कठघरामा ल्याउन प्रशासनको दायित्व रहेको बताउँदै उनीहरूलाई पक्राउ गरी अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको बताए ।

गाउँपालिका अध्यक्षसहित चारजनाविरुद्ध पक्राउ पुर्जी

YUGAAWHAN NATIONAL DAILY (2076-10-18)

गाउँपालिका अध्यक्षसहित चारजनाविरुद्ध पक्राउ पुर्जी

दम्पतीको यौन–व्यवहार उमेरसँगै बदलिन्छ

Leave a comment

Your email address will not be published. Required fields are marked *

This will close in 0 seconds