विद्युत छ, बाल्न पाइँदैन

सुर्खेत : विगत तीन वर्षयता जिल्लाको नौमूले गाउँपालिकास्थित द्वारी खोला जलविद्युत् आयोजनाबाट ३.७५ मेगावाट विद्युत् उत्पादन हुँदै आएको छ ।

तर यहाँ उत्पादित विद्युत् राष्ट्रिय प्रशारण लाइनमा जोडिँदा गाउँमै विद्युत् उत्पादन भए पनि स्थानीय अझै अँध्यारोमै बस्न बाध्य छन् । जिल्लामा ४.५ मेगावाट क्षमताको पदमखोला जलविद्युत् आयोजना झन्डै ८० करोड लागतमा सम्पन्न भएको छ ।

दुई ठ्रला जलविद्युत आयोजनाबाट नौमूलेमा ७.८० मेगावाट विद्युत् उत्पादन हुन्छ। यसले नौमूले मात्र नभइ सिंगो जिल्लालाई नै उज्यालो बनाउन सक्छ । तर विद्युत् गृह भएकै गाउँ अँध्यारा छन् । हाइड्रोहवको रूपमा परिचित नौमूलेमा धमाधम जलविद्युत् आयोजनाहरू निर्माण भए पनि स्थानीयले उपभोग गर्न पाएका छैनन् ।

बत्तिमुनिको अँध्यारोमा बस्न बाध्य स्थानीय यहाँ उत्पादित विद्युत् सिधै राष्ट्रिय प्रशारण लाइनमा जोडिँदा विकासको अनुभूति नभएको बताउँछन् । पटक–पटक स्थानीयलाई विद्युत् उपभोग गर्न दिन माग गरे पनि सुनुवाइ भएको छैन ।

‘आयोजना सुरु हुँदा पहिलो प्राथमिकता नौमूलेलाई भनिएको थियो, तर विद्युत् उत्पादन सुरु भएपछि सिधै राष्ट्रिय प्रशारण लाइनमा जोडियो,’ स्थानीय शशी विकले भने, ‘यहाँका गाउँ सधैं अँध्यारै रहे, राष्ट्रिय प्रशारण लाइनको महँगो विद्युत् गाउँमा बाल्न सकेका छैनौ ।’ सरकारको उदासीनताका कारण स्थानीयले विद्युत् उपभोग गर्न नपाएको उनको गुनासो छ ।

विद्युत छ, बाल्न पाइँदैन

‘जीर्ण धार्मिकस्थलको पुनर्निर्माण सेनाले गर्छ’

विद्युत छ, बाल्न पाइँदैन

एउटा लडाई जिते, अर्को युद्ध बाँकी छ

Leave a comment

Your email address will not be published. Required fields are marked *

This will close in 0 seconds