धरानमा चार जना कोरोना संक्रमितको मृत्यु

धरान, २९ असोज ।

धरानमा चारजना कोरोना संक्रमितको मृत्यु भएको छ। मृत्यु हुनेमा दुई महिला र दुई पुरुष रहेका छन् । कोरोना भाइरसको संक्रमण देखा परी बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड अस्पतालमा भर्ना भएका दुई महिला र एक पुरुषको मृत्यु भएको छ।

सुनसरीको इटहरी उपमहानगरकी ७५ वर्षीया महिला र तेह्रथुमका ३१ वर्षीय पुरुषको बिहीबार बिहान र धरान उपमहानगरपालिका ९ का ४४ वर्षीया महिलाको बुधबार राति उपचारका क्रममा मृत्यु भएको बीपी प्रतिष्ठान धरानका सहायक प्रबक्ता डा. आषिश श्रेष्ठले बताए।

त्यस्तै धरान ९ कै ५८ वर्षीय पुरुषलाई प्रतिष्ठानले भर्ना लिन अस्वीकार गरेपछि प्रतिष्ठानको कोभिड अस्पताल बाहिर मृत्यु भएको हो। पटक पटक संक्रमित पुरुषलाई भर्ना गर्न अनुरोध गर्दा समेत प्रतिष्ठानका चिकित्सकहरुले ती पुरुषलाई भर्ना नगरिदिएको धरान ९ का वडाअध्यक्ष रत्न कट्वालले बताएका छन्। उनले संक्रमित बिरामीलाई भर्ना नगर्ने चिकित्सकलाई कडा कार्वाही गर्न सरकारसँग माग गरेका छन्।

सम्पादकीयः पदकै लागि हानथाप

धरानमा चार जना कोरोना संक्रमितको मृत्यु

कर्णालीमा चाडपर्व सुरक्षार्थ प्रहरी परिचालन गरिने

Leave a comment

Your email address will not be published. Required fields are marked *

This will close in 0 seconds