लिमीमा तीनसय क्विन्टल चामल पठाइयो

हुम्ला, २९ असोज ।

हिमालपारीको गाउँ भनेर चिनिने हुम्लाको उत्तरी नाम्खा गाउँपालिका–६ लिमीमा खाद्यान्न पठाइएको छ । सिमानाका बन्द हुँदा खाद्यान्न सामग्री आयात नुहँदा खाद्य सङ्कट भएपछि त्यस क्षेत्रका तीन, जाङ र हल्जीगाउँका १८० घरधुरीका लागि मङ्गलबार वडाध्यक्षको रोवहरमा तीनसय क्विन्टल चामल बुझाइएको छ ।

खाद्यान्न सङ्कटपछि लिमीका स्थानीयले विभिन्न सरोकारवाला निकाय, राजनीतिक दललगायतलाई खाद्यान्नको माग गर्दै आएपछि नाम्खा गाउँपालिका–६ का वडाध्यक्ष पाल्जोर तामाङको रोहवरमा नेपाल खाद्य व्यवस्था तथा व्यपार कम्पनी लिमिटेडले खाद्यान्न बुझाएको शाखा कार्यालय हुम्लाका प्रमुख रामबहादुर विष्टले बताए । लिमीका तीनवटै गाउँमा खाद्यान्न सङ्कट परेपछि हुम्लाका विभिन्न निकायले पहल गरेलगत्तै नेपाल खाद्य तथा व्यापार कम्पनी लिमिटेड हुम्लाले तत्कालका लागि ३०० क्विन्टल चामल उपलब्ध गराएको छ ।

केही दिन अगाडि मात्रै सो संस्थानले केन्द्रीय कार्यालयमा पाँच हजार क्विन्टल खाद्यान्न माग गरे पनि ३०० क्विन्टल चामल मात्रै स्वीकृत भएर गाउँतिर ढुवानी गर्न शुरुआत गरिएको बताइएको छ ।

लिमीमा तीनसय क्विन्टल चामल पठाइयो

थापाचौरमा मावि विद्यालय सञ्चालनका लागि पहल थालिदै

लिमीमा तीनसय क्विन्टल चामल पठाइयो

कर्णाली प्रतिष्ठानमा डीन नियुक्त गरिएपछि चर्को विरोध

Leave a comment

Your email address will not be published. Required fields are marked *

This will close in 0 seconds