थापाचौरमा मावि विद्यालय सञ्चालनका लागि पहल थालिदै

दुर्गा विसी ।

सल्यान, २९ असोज ।

सल्यानको बनगाड कुपिण्डे वडा नं १० थापाचौरमा मावि विद्यालय नहुँदा अधिकांशले पढाइ नै छाड्ने गरेका छन् । उक्त क्षेत्रमा हाल कक्षा ५ सम्म मात्रै पढाइ हुने गरेको छ । ६ कक्षा भन्दा माथिल्लो शिक्षा हासिल गर्नलाई वडा १२ को निगालचुला माझखर्क जानुपर्ने अवस्था छ । ३ घण्टाको उकालो पार गरे पछि विद्यालय पुगिन्छ ।

विद्यालय टाढा भएकोले अधिकांशले विचमै विद्यालय छाड्ने गरेको स्थानीय हिरालाल वुढाले वताए ।स(साना वालवालिका घण्टौ हिडेर पढ्न जानुपर्ने वाध्यता छ। बनगाड कुपिण्डेको वडा ८ को थारा, कौछे र वडा १० को तल्लो थापाचौर, माथिल्लो थापाचौर, खानिगाउ, साधनावास, माँझकाँडा र पराजुल लगायतका स्थानमा मावि विद्यालय नहुँदा त्यहाँका बालबालिका पढाइबाट वञ्चित हुने गरेको खबर छ ।

बीच ठाउँमा विद्यालय स्थापना गर्नका लागि आज मात्रै नेकपा जिल्ला इन्चार्ज तथा प्रतिनिधि सभाका संसद टेकबहादुर वस्नेतले वडा अध्यक्ष मानसिं पुरीलार्इ जग्गा छनौटको लागि जिम्मा दिनु भएको छ । उक्त स्थानमा मावि सञ्चालनका लागि पहल हुने बस्नेतको भनाई रहेको छ । विद्यालय स्थापनाका लागि जग्गा निर्क्योलको जिम्मेवारी पुरिलाइ दिएको छ ।

थारा हुदै तत्काल थापाचौरमा सडक सञ्जाल जोड्न समेत अध्यक्ष पुरिलाइ नगर प्रमुख गोविन्द कुमार पुनले ताकेता गरेका छन् । निगाचुलाबाट खानिगाउ हुँदै थापाचौर सडक सञ्जाल जोड्नका लागि आफुले जिम्मा लिएका छन् । मावि विद्यालय र छोटोदुरिको पहुँच मार्गको काम अब थापाचौर बासीले सुविधा लिने द्वय नेता वस्नेत र पुनले सार्वजनिक रुपमै घोषणा गरेको स्थानीय मुक्ति प्रसाद घर्तीको भनार्इ छ ।

थापाचौरमा मावि विद्यालय सञ्चालनका लागि पहल थालिदै

जय नेपाल

थापाचौरमा मावि विद्यालय सञ्चालनका लागि पहल थालिदै

लिमीमा तीनसय क्विन्टल चामल पठाइयो

Leave a comment

Your email address will not be published. Required fields are marked *

This will close in 0 seconds