वनगाड कुपिण्डे वडा न १० मा नेकपाको सपथ ग्रहण

दुर्गा विसी
सल्यान, २९ असोज ।
सल्यानको बनगाड कुपिण्डेमा पार्टी एकताले पुर्णता लिन सुरु गरेको छ । वडा नं. १० को थापाचौरमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को नव गठित वडा कमिटीलाई सपथ ग्रहण कार्यक्रम आयोजना गरिएको थियोे । उक्त कार्यक्रम केही दिन अघि नेपाली कांग्रेस पार्टी प्रवेश गरेका हरि कवर, चन्द्र घर्ती लगाएका व्यक्तिहरु पुनः नेकपामै फर्किएका छन् ।
नगर अध्यक्ष कीर्तिवहादुर रानाको अध्यक्षतामा भएको कार्यक्रम प्रमुख वक्ता नेकपा जिल्ला इन्चार्ज टेकबहादुर वस्नेत, नेकपा जिल्ला अध्यक्ष गोविन्द कुमार पुन, सचिव कर्णवहादुर वुढाथोकी, नगर इन्चार्ज ज्ञानवहादुर वली, जिल्ला कमिटी सदस्य मोतिलाल घर्ती, दिपक यरि, नेपाल राष्ट्रिय शिक्षक संगठनका कर्णाली प्रदेश उपाध्यक्ष अकबर पुन, नगर कमिटी सदस्य गणेश चन्द, हिरालाल वुढा, मुक्ति प्रसाद घर्ती, डिल्लीवहादुर खत्री र वडा अध्यक्ष मानसिं पुरिले शुभकामना मन्तव्य राख्नु भएको थियोे भने सञ्चालन विरवहादुर वुढाले गरेको जनाएको छ ।
कार्यक्रम बोल्ने बक्ताले कांग्रेसको भ्रममा नपर्न आग्रह गरेका छन् ।२०४८ सालदेखि यस क्षेत्रमा कांग्रेसले के गरेको थियोे र अहिले ३ वर्षमा के पाउनु भयो । त्यहाँका जनतालाई यति कुरा मुल्यांकन गर्न आग्रह गरिएको छ । आफुहरुको सक्रियतामा सडक, खानेपानी पुगेको र अब उक्त थापाचौरमा मावि विद्यालय स्थापना, विद्युतसँगै सडक स्तरवृद्दि गरिने नेकपा नेताहरुको भनाई छ ।
निमवहादुर वुढाथोकिको अध्यक्षतामा २५ सदस्यीय समितिलाई सपथ खुवाएको छ । सचिव विरवहादुर पुन, प्रेम वहादुर वलि, मञ्जु विक, रेउती विक, वाले पुन, नर वहादुर पुन, सुकलाल परियार, टंक रोका, तेजवहादुर थापा, विरवहादुर पुन, हरि थापा, लिलाराज बुढा, धनवहादुर पुन, प्रतिमा थापा, खेमराज हमाल, विरवल पुन, डम्बर पुन, डम्बर पुन, मनवहादुर वुढा, सुकलाल रोका, लालमणि पुन, नविना हमाल, निमवहादुर कवर र गिता पुनले सपथ खाएका छन् । त्यसैगरी मंगलबार वडा १२ को निगालचुलामा पनि नेकपा कम्युनिस्ट पार्टीले नवगठित वडा कमिटीलाई सपथ ग्रहण कार्यक्रम आयोजना गरेको थियोे ।







