युवा वर्ष मोती पुरस्कार युवा सर्जक चौधरीलाई प्रदान गरिने

काठमाडौँ, २२ भदौ । 

यस वर्षको युवा वर्ष मोती पुरस्कार युवा सर्जक इन्द्रबहादुर चौधरीलाई प्रदान गरिने भएको छ । राष्ट्रिय युवा कोषको बसेको बैठकले कञ्चनपुरका सर्जक चौधरीलाई रु ४० हजार नगदसहितको उक्त पुरस्कार प्रदान गर्ने निर्णय गरेको छनोट समितिका सदस्य डा बमबहादुर थापा ‘जीताली’ले जानकारी दिए । 

कोषले पुरस्कार छनोटका लागि प्राध्यापक रामकुमार पाण्डेको संयोजकत्वमा भाषासेवी रमा शर्मा, डा बमबहादुर थापा ‘जीताली’, जीवनाथ धमला र प्रा डा खुमनारायण पौडेल सदस्य तथा डा विष्णुबहादुर भण्डारी सदस्यसचिव रहेको मूल्याङ्कन समिति गठन गरेको थियो ।

नेपाली साहित्यका माध्यमिककालका प्रवर्तक तथा राष्ट्रिय विभूति युवा कवि मोतीराम भट्टको स्मृतिमा स्थापित उक्त पुरस्कार हरेक वर्ष भाषा र साहित्यको क्षेत्रमा योगदान पुर्याउने युवा प्रतिभालाई प्रदान गरिँदै आएको छ । नेपाली भाषा र साहित्यको श्रीवृद्धिमा सक्रिय रहेका सर्जकलाई प्रोत्साहित गर्ने उद्देश्यले २०४२ सालमा राष्ट्रिय युवा सेवा कोषको स्थापना भएको हो ।

युवा वर्ष मोती पुरस्कार युवा सर्जक चौधरीलाई प्रदान गरिने

बहुअपाङ्गता भएका बालबालिकालाई ‘घरमै विद्यालय’ सुरु हुँदै

युवा वर्ष मोती पुरस्कार युवा सर्जक चौधरीलाई प्रदान गरिने

गिडीखोलामा ५० मेगावाटको जलविद्युत् उत्पादनको तयारी 

Leave a comment

Your email address will not be published. Required fields are marked *