हुम्ला जिल्ला अनिश्चितकालका लागि अन्धकार !  तत्काल विद्युत सूचारु गर्न स्थानीयको माग 

सुर्खेत, २१ भदौ ।

हुम्ला जिल्लाको सदरमुकाम सिमकोट लगायतका अधिकांश गाउँहरु भदौ १६ गते देखि अन्धकारमय बनेका छन् । विद्युत उत्पादन गर्ने मेसिन सञ्चालन नहुँदा १६ गते देखि विद्युत उत्पादन अवरुद्ध भएको हो । यो सँगै हुम्ला फेरी अनिश्चितकालाका लागि अन्धकार बनेको छ ।

जिल्ला सदरमुकाम सिमकोट र खार्पूृनाथ विद्युत आपुर्ती गर्दै आएको ५०० किलोवाट क्षमताको हिल्दुम साना जलविद्युत आयोजना हेल्दुम पावरहावसको हाल सञ्चालनमा रहेको युनिट–१ को  को गर्भनरमा समस्या आउँदा उक्त वितरण केन्द्रबाट वितरित विद्युत सेवा पूर्ण रुपमा अवरुद्ध भएको हो । यसबाट स्थानीय अन्धकारमा बस्न बाध्य भएका छन् भने जिल्ला अस्पतालजस्ता अति संवेदनशील क्षेत्रमा समेत समस्या सिर्जना हुनसक्ने देखिएको छ ।

जिल्ला अस्पताल हुम्लामा भने सोलार सिष्टम राखिएको र धेरै दिनसम्म पानी परेको खण्डमा भने अस्पतालमा सेवा प्रवाह गर्न समस्या सिर्जना हुनसक्ने तर हाल भने त्यस्तो समस्या नभएको अस्पतालका सूचना अधिकारी छिरिङ युङडङ लामाले जानकारी दिए ।

हुम्ला जिल्लामा हालसम्म नेपाल विद्युत प्राधिकरणको राष्ट्रिय प्रसारण लाईन पुग्न सकेको छैन । मुगुसम्म पुगेको उक्त लाईनका पोलहरु गाडेर हुम्लाको समदमुकाम सिमकोटसम्म पुगिसकेका छन भने तार तान्न बाँकी रहेको छ । तार तान्न मात्र कम्तिमा तीन महिना लाग्ने हुँदा यदि विद्युत आपुर्तिको वैकल्पिक उपाय अवलम्बन नगरेको खण्डमा हुम्लावासीले अन्धकारमै बस्नुपर्ने बाध्यता सिर्जना भएको हो ।

आयोजनाका कार्यालय प्रमूख जितेन्द्र शाहले तत्काल विद्युत उपलब्ध हुनसक्ने सम्भावना नरहेको बताए । उनले विग्रेका सामान नपाइएको बताउँदै सामान नभएसम्म विद्युत आपुर्ति नहुने भनेर सूचनासमेत सार्वजनिक गरिसकेको जानकारी दिए ।

‘युनिट–१ को  गर्भनरले काम गर्दैन । उक्त पार्टस अटोमा नबसेका कारण १६ गतेबाट विद्युत आपूर्ति पूर्ण रुपमा बन्द भएको छ । हामीले विग्रेका पार्टसको खोजी गरिरहेका छौं ।’ उनले भने, ‘भेटिएको खण्डमा विद्युत सुचारु हुनेछ तर मेसि नै धेरै पुरानो भएको र उक्त मेसिनका पार्टपुर्जाहरु नै पाउन छोडेका कारण समस्या सिर्जना भएको हो ।’

उसो त हुम्लामा दुई ओटा जेनेरेटरसमेत छन् । एक सय केभीको एउटा, एक सय पच्चीस केभिएको अर्को जेनेरेटर रहेको उनले बताए । ती जेनेरेटरका लागि एक घण्टा चलाउँदा ८० लिटर डिजेल आवश्यक पर्ने उनको भनाई छ । ‘यहाँ एक लिटर डिजेलको दुई सय पचास रुपैँया पर्ने गरेको छ । दिनको तीन घण्टा मात्रै जेनेरेटर चलाइएको खण्डमा २४० रुपैँया लाग्छ । महिनाको सात हजार दुई सय लिटर डिजेल खपत हुनेहुँदा त्यसकालागि मासिक रुपमा १८ लाख रुपैंया खर्च हुन आउँछ । त्यो खर्च हामी धान्न सक्दैनौँ ।’ उनले भने, ‘हामीलाई डिजेल उपलब्ध गराई दिएको खण्डमा हामी विद्युत सेवा सूचारु गर्न सक्छौँ ।’

यता, पूर्व मुख्यमन्त्री एवम नेपाली काँग्रेस संसदीय दलका नेता जीवनबहादुर शाहीले हुम्लावासीलाई अन्धकारमा राख्न नहुने बताए । ‘सधैँ यो वा त्यो वाहानामा हामी हुम्लावासीलाई अध्याँरोमा राख्न पाईदैन । जसरी हुन्छ विद्युत प्राधिकरणले विद्युत सेवा सूचारु गर्नुपर्छ’ उनले भने, ‘कि राज्यले हुम्ली जनता यो देशका नागरिक नै होईनन भनेर भन्नुपर्यो, नभए विद्युत सेवा तत्काल सूचारु गर्नुपर्छ ।’ 

हुम्ला जिल्लामा विद्युत सेवा अवरुद्ध हुँदा जिल्लाका वित्तीय संस्था, वैंक, सञ्चारमाध्यम, व्यवसाय चौपट हुने जोखिम बढेको छ भने नागरिकले मोवाईल चार्ज गर्न समेत नपाउने अवस्था सिर्जना भएको हो । यस विषयमा कुरा गर्न खोज्दा उर्जा जलस्रोत तथा सिंचाई मन्त्रालयका प्रवक्ता मोहन कुमार शाक्य, सूचना अधिकारी राजु मर्हजनको फोन उठेन ।

हुम्ला जिल्ला अनिश्चितकालका लागि अन्धकार !   तत्काल विद्युत सूचारु गर्न स्थानीयको माग 

वीरेन्द्रनगरमा श्रीकृष्ण लाखे तथा रथ यात्रा प्रतियोगिता

हुम्ला जिल्ला अनिश्चितकालका लागि अन्धकार !   तत्काल विद्युत सूचारु गर्न स्थानीयको माग 

पहिरोले कर्णाली करिडोर अवरुद्ध

Leave a comment

Your email address will not be published. Required fields are marked *