सुर्खेत जिल्ला भलिबल संघको अध्यक्षमा रविन्द्र जंग शाही, उपाध्यक्षमा गगन सिंह ठकुरी

सुर्खेत ,२० भदौ ।
सुर्खेत जिल्ला भलिबल संघको पाँचौँ जिल्ला अधिवेशनबाट नयाँ कार्यसमिति चयन भएको छ। अधिवेशनले रविन्द्र जंग शाही (लेकबेसी) को अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको हो।
नवनिर्वाचित कार्यसमितिको उपाध्यक्षमा गगन सिंह ठकुरी (सिम्ता), सचिवमा धनबहादुर चौधरी (वीरेन्द्रनगर) र कोषाध्यक्षमा गणेशबहादुर शाही (वीरेन्द्रनगर) चयन भएका छन्।
त्यसैगरी सदस्यहरूमा गोपाल गुरुङ (बराहाताल), अमृता बिष्ट (बराहाताल), डम्मर बिसी (पञ्चपुरी) र तीर्थ गाहा (लेकबेसी) चयन भएका छन्।
उपाध्यक्षमा निर्वाचित गगन सिंह ठकुरीले आफूलाई जिम्मेवारीका लागि विश्वास गरेकोमा वर्तमान पदाधिकारी, कर्णाली प्रदेश भलिबल संघ, निर्वाचन समिति लगायत सम्पूर्ण सहयोगीप्रति धन्यवाद व्यक्त गरेका छन्।

उनले आगामी दिनमा सुर्खेतमा भलिबल खेलको विकास, खेलाडीको क्षमता अभिवृद्धि तथा जिल्लामा भलिबलको गतिविधिलाई थप व्यवस्थित र प्रभावकारी बनाउन नयाँ कार्यसमितिले सक्रिय भूमिका निर्वाह गर्ने बताएका छन्।
नवनिर्वाचित कार्यसमितिले जिल्लाका खेलाडी, प्रशिक्षक, रेफ्री तथा भलिबलप्रेमीसँग सहकार्य गर्दै भलिबल खेललाई थप उचाइमा पुर्याउने प्रतिबद्धता जनाएको छ।





