घुयँत्राे:ओली बा ! पार्टीको लगाम कहिले छोड्ने ? कार्यकर्ता बूढा भए, तपाईं अझै ‘जवान’ नेतृत्वमै !

ओलि बा तपाईंको सत्बुध्दि किन आउन्न के ! मंशिर २३ देखिनै तपाईंको विरुद्ध सारा देश खनिएका छ तर, पनि तपाईं उटपट्याङ गर्न छाेडनु हुन्न ! कैले याे सरकार Ai ले बनाकाे भन्नू हुन्छ अनि कैले सरकारकाे विरुद्धमा अभियाननै चलाउँछु भनेर झाेलेहरलाई उचालिने र पछारिने गराउनु भा हुन्छ । खास भन्ने हाे भने त जब जेनजीले पच्युत गराए तबदेखि पाटिकाे संरक्षक बनेर बस्याभा ऐलेसम्म तपाईंका विरुद्ध आगाेअाेकल्ने जनता नि तपाईं का वक्षाँ भै सक्थे । तर के गर्नु देशाँ यत्राे प्रलय आयाे पाटिका नेताहरुमध्ये जेठाे नेता सायद तपाईं नै हुनुहुन्छ हाेला । जेठाेबाठाे नेताले सबैलाई एकजुट बनाएर याे विपदमा सबैलाई जुटाएर लग्नु पर्ने ठाउँमा ” मत राहत काेषाँ पैसै हाल्दैन आँफै बाँडेर हिँडछु” भन्नू भाे तर पिडितलाई चामल बाँडेँ भन्ने निहुमा कार्यकर्ता लाई चामलकाे बाेराे थाम्न लाएर फाेटाे खिचेर पाेस्ट्याएर गज्जब गर्छु भन्नू भा हुँदाे तर त्यै फाेटाे हेरेर तपाईंका बिरुध्द गालिका बर्षात हुँदैछन । कार्कर्ताहरु वलि बा कैले पाटि छाेडेर जालान र जेनजीले सिध्याई द्या पाटि बनाउँदा हुम् भनेर बाटाे हेरेर बस्या बस्यै छन । तर, तपाईं टस्काेमस गर्नु हुन्न । विचरा कार्यकर्ताहरुनि अब त कैले बाले पाटि छाेडलान भनेर कुर्दाकुर्दै कार्यकर्ताले नै पाटि छाेडेर जानू पर्ने हाेला जस्ताे भाे ! तर तपाईंलाई पाटि छाेडन कुकुरलाई हड्डि छाेडन जस्तै गाह्राे भाे । हुन त अँझै २० बर्ष पाटि छाेडदिन जस्ले जाँ गएर टाउकाे फाेडने हाे फाेडे हुन्छभनेर उल्टै कार्यकर्ता दम्काउनु हुन्छ । तपाईंको याे पारा हेर्दा त जेनजी आन्दोलन पछि बालकाेटाट गुण्डु लखेटे अब याे प्रलयमा गर्या तपाईंको नाटकाट आजित भएर जनता र कार्यकर्ता मिलेर एकाेहाेराे झापातिर लखेटे भने अनि खानुहाेला खुदाे । त्यसै त ऐलेकाे सरकारले पुरानादलका नेता भनेछि कल्लाई कुन बेला कुन खाल्टाँ हाल्ने भनेर रातदिन स्तुति गरिरा हुन्छ । अँझ भएन भनेर सरकारकै विरुध्द हुनेगरि कार्यक्रम चलाउँदै हिँडदै गरेछि बाँकि काँट छाेडलान के ! सामाजिक सन्जालाँ पाेष्ट्या फाेटाे हेर्दा त वलि बाले पिडितकाे नामकाे राहत कार्यकर्ता हात पारेर फर्केर आएछि देख्नेले नि के भन्लान भन्नेनि साेच्नु भएन हगि ! आँफैले राहत बाँडेछि राहत लानेजति सब्बै आफ्नै झाेले बन्लान भन्ने साेचले हाेकि राहतका नाममा बाँडने कुरा आफ्ना पाटिका बाहेक अरुले नपाउन भनेर हाे कुन्नि ! याे बर्षामास बरखिकै लुगा लाएर गाउँगाउँ भाैँतारिँदै हिँडदा बुढेसकालकाे राेगले समाउला र थलापरियला अनि ” चाैटा खान गा कि बूढि झाेलाँ डुबेर मरि ” भन्या जस्ताे हाेलानि ! त्यसैले वलि बा अब तपाईं काे उमेरनि जिद्दी गर्ने छैन के त्यसैले आँफुभन्दा तल्थिरका नेताले जे गर्छन गर्न दिनाेस अब तपाईंका दिन गए । सँधैभरि तपाईंल्यै पाटि अँठ्याएर बस्ने हाे भने त्याे दाेश्राे पिंडिले कैले गरि खालान के ! अब त उमेर पनि त भाे त तपाईंको । त्यसैले यै हाे माैका, अब बिस्तारै लगाम छाेडदै जानाेस र गरि खाव भन्नाेस , सके गरि खान्छन नसके तिनी पनि जान्छन । सँधैभरि तपाईंको ठेक्का काँ हाे तनि पाटि । आफ्नै ठेक्का भा झैँ गरि सँधै पाटि अँठ्याएर बस्दा पाटिकाे याे बेहाल बनाईदे । अँझै छाेडनु भएन भने अँझ पाटि कुन अबस्थाँ पुग्ने हाे था छैन । बा ! के अँझ पनि हजुर सच्चिन र तपाईंको अधिनायकवाद लाई सेलाृन मिल्दैन र? मिल्छ भने ढिलाे किन त !

घुयँत्राे:ओली बा ! पार्टीको लगाम कहिले छोड्ने ? कार्यकर्ता बूढा भए, तपाईं अझै ‘जवान’ नेतृत्वमै !

सुर्खेत जिल्ला भलिबल संघको अध्यक्षमा रविन्द्र जंग

Leave a comment

Your email address will not be published. Required fields are marked *