७ अंकले ओरालो लाग्यो नेप्से

काठमाडौं, १३ असोज ।
आज नेपाल स्टक एक्सचेन्ज (नेप्स) परिसुचक कारोबारको अन्तिम समयसम्म आइपुग्दाँ ७.२१ अंकले घटेको छ । आज ११ बजे १५६०.८३ को बिन्दुबाट सुरु भएको कारोबार गर्दै ३ बजे सम्म आउँदा ०.४६ प्रतिशतले घटेर १५५३.६२ को बिन्दुमा पुगेको हो ।

त्यस्तै, आज कारोबारमा आएका १२ उपसमूह मध्ये ३ उपसमुह बढेका छन । आज कारोबारमा अन्तिम समयसम्म आएका १९२ कम्पनीको ७३ लाख ५ हजार १११ कित्ता शेयर ३३ हजार ९३३ पटक खरिद विक्री हुदाँ १ अर्ब ८२ करोड ८२ लाख ९८ हजार रुपैयाँ बराबरको कारोबार भएको छ ।






