सम्झौता अनुसार काम नगर्ने २१ निर्माण व्यवसायीलाई कारवाही शुरु

काठमाडौं, ११ असोज ।

लामो समयदेखि सम्झौताअनुसार काम सम्पन्न नगर्ने २१ निर्माण व्यवसायी कम्पनीलाई कालोसूचीमा राखी ठेक्का प्रक्रिया रद्द गर्न प्रक्रिया अगाडि बढाइएको छ ।

सडक डिभिजन कार्यालय हेटौँडाले मकवानपुर, बारा र पर्सा जिल्लामा सडक निर्माण र मर्मतलगायतका सम्झौताबमोजिम काम नगर्ने कम्पनीसँगको सम्झौता रद्द गरी आवश्यक कारवाही प्रक्रिया शुरुआत गरेको छ ।

कार्यालय प्रमुख योगेश सुमनले विसं २०६६ चैत अर्थात् ११ वर्ष अगाडि सडक निर्माण तथा मर्मत ठेक्काको सम्झौता गरेका निर्माण व्यवसायीलाई पटक पटक सूचना गरे पनि सम्पर्कमा नआएकाले बाध्य भई कारवाहीमा जानु परेको जानकारी दिए ।

कालो सूचीमा राख्ने प्रक्रियाअन्तर्गत मकवानपुरका सात, पर्साका छ, बाराका तीन र काठमाडाौंका एक निर्माण व्यवसायी कम्पनी छन् । ती कम्पनीसँग आर्थिक वर्ष २०६५/०६६ देखि २०७०/०७१ सम्मको सम्झौता रहेको कार्यालयले जनाएको छ । सार्वजनिक खरिद ऐन,२०६३ को दफा ५९ अनुसार सम्झौता अन्त्य गरेको कार्यालयले जनाएको छ ।

बैँक जमानत जफत गरी बाँकी कामको रकम असुलउपर गर्ने र कालो सूचीमा राखी कारवाही प्रक्रिया बढाउने निर्णय भएको कार्यालय प्रमुख सुमनले जानकारी दिए । त्यस्तै सम्झौता गरेर काम नगर्ने थप अन्य निर्माण व्यवसायी कम्पनीलाई पनि कारवाहीको दायरामा ल्याइने कार्य भइरहेको जनाइएको छ ।

निर्माण व्यवसायी हरिराम शाहले ठेकेदार कम्पनीको अस्वस्थ प्रतिस्पर्धा तथा बोलपत्र तल झरेर काम लिने र काम गर्न नसकेपछि सम्पर्कमा नआउने प्रवृत्तिसमेत रहेको बताए । एकैपटक धेरै बोलपत्र लिने र आफूले गर्न नसकेपछि अरुलाई दिने पनि समस्या रहेको प्राविधिकको भनाइ रहेको छ ।

सम्झौता अनुसार काम नगर्ने २१ निर्माण व्यवसायीलाई कारवाही शुरु

आज विश्व पर्यटन दिवस, विभिन्न कार्यक्रम गरी

सम्झौता अनुसार काम नगर्ने २१ निर्माण व्यवसायीलाई कारवाही शुरु

अनशनरत डा. केसीको कोरोना रिपोर्ट नेगेटिभ

Leave a comment

Your email address will not be published. Required fields are marked *

This will close in 0 seconds