अमेरिकाबाट बाढीपिडितलाई सहयोग

प्रचण्ड खत्री
रुकुम पश्चिम, १५ भदौं ।
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका वडा नं. ९ झुला स्यालाका बाढीपिडितलाई अमेरिकामा बस्ने युवाहरुले आवास बनाउनको निम्ति आर्थिक सहयोग गरेका छन् । साउन १३ गते राती गएको पहिरोले स्याला निबासी जसबिर कामीका २२ बर्षिय छोरा नबिन बिक र छिमेकी हस्त बहादुर सुनुवारका १६ बर्षिय छोरा र जसबिर कि ६० बर्षिय श्रीमति झुमी कामीको निधन भएको थियो ।

रातभर परेको अविरल बर्षाका कारण घर माथीबाट आएको पहिरोले घर बगाउँदा घर भित्रका सामानहरु पहिरोले पुरिदिएको थियो । घर पुरिदा बस्ने ठाउँसमेत नभएपछि उनीहरुलाई स्थानीयको सहयोगमा घडेरी निर्माणदेखि घर बनाउनेसमेत रहेको स्थानीय सदु बिकले जानकारी दिएका छन् ।

बस्ने घरसमेत नभएपछी उनीहरुलाई अमेरिकामा बस्ने बाँफिकोट गाउँपालिकाबासी युबाहरुले अमेरिकामा आर्थिक सहयोग संकलन गरी पठाएको आर्थिक सहयोग संकलनकर्ता गोर्ख कुसारीले बताए । अमेरिकाबाट सबभन्दा बढी विजय कुमार खत्री, बिर्ख खत्री, देब खत्री, हरि खत्री र मनराज देबकोटाले २५१ अमेरिकी डलर सहयोग गरेको संकलनकर्ता कुसारीले बताए ।

उनीहरुले अनु आधारभूत विद्यालयको खातामा पैसा पठाईदिएको बिद्यालयका प्रअ र ब्यबस्थापन समितिले निकालेर सोमबार हस्तान्तरण गरेको बताएको छ । अमेरिकामा बस्ने ६६ जना युवाहरुले नेपाली रुपैयाँ ५ लाख २५ हजार पठाएका थिए । अमेरिकामा बस्ने युवाहरुले आर्थिक सहयोग गरेपछि पिडित परिबार खुशी भएका छन् । अमेरिकामा गोर्ख कुसारी, मनराज देबकोटा, बिजय कुमारी खत्री, कमल खनालको रकम संकलन गरेका थिए ।

यस अघि दलित नेता दिपक बिकले १५ हजार बराबरको खाद्यान सहायोग गरेका थिए भने नेपाली कांग्रेसका युबा नेता जनक बाठाले पाँच हजारको सामान सहयोग गरेको बताएको छ । नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखाले केही राहात सहयोग र सयँुक्त दलित अधिकार मञ्चले किरिया खर्च भनेर १०/१० हजार सहयोग गरेको बताएको छ ।

सोमबार एक कार्यक्रमबीच गाउँपालिका अध्यक्ष धर्म बहादुर केसीले पिडित परिवारलाई सो रकम हस्तान्तरण गरेका हुन । रकम हस्तान्तरण गर्दै अध्यक्ष केसीले यो घटनाले गाउँपालिकाबासीलाई शोकाकुल बनाएको र आफुले गाउपालिकाबाट आउने राहतलाई अझै थप गरी दिने प्रतिबद्धता गर्नुभयो ।

अमेरिकामा बसेर गाउको निम्ति गरेको कार्यले आफुले निकै मनोहित बनाएको बताउनुभयो र अनु आधारभुत बिद्यालयको प्राङ्गनमा भएको कार्यक्रममा बिद्यालयका अध्यक्ष मन बहादुर कुसारीको अध्यक्षतामा भएको कार्यक्रममा गाउँपालिका अध्यक्ष धर्म बहादुर केसीको प्रमुख आतित्यता रहेको थियो भने कार्यक्रमको सञ्चालन वडा नं. ६ का वडा सचिव मोहन रिजालले गर्नुभएको थियो ।

तपाईको प्रतिक्रिया