जुम्लामा सिटिस्क्यान सेवामाथि गम्भीर प्रश्न : बिरामीको स्वास्थ्य सँग खेलवाड

काली बहादुर परियार
जुम्ला,२७ फाल्गुन ।

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा सञ्चालनमा रहेको सिटिस्क्यान सेवा माथि गम्भीर प्रश्न उठेको छ । प्रतिष्ठान भित्रकै एक कर्मचारीले सिटिस्क्यानमा अर्धदक्ष तथा क्षमता नभएका व्यक्ति बाट काम गराइँदै आएको सनसनीपूर्ण खुलासा गरेका छन् ।

प्रतिष्ठानको रेडियोग्राफर कक्षसँग सम्बन्धित काममा दक्ष जनशक्ति नलगाई अनुभव र सीप नभएका कर्मचारी बाट काम गराइदा बिरामीको स्वास्थ्य जोखिममा परेको आरोप ती कर्मचारीले लगाएका छन् ।

उनका अनुसार अस्पतालले दक्ष जनशक्ति हुदा हुदै पनि उनीहरूलाई जिम्मेवारी नदिई क्षमता नपुगे र तालिम लिएकाे भरका व्यक्तिलाई सिटिस्क्यान सञ्चालनमा खटाइरहेको छ ।

सिटिस्क्यान जस्तो संवेदनशील सेवामा दक्षता अनिवार्य हुन्छ,उनले भने, तर यहाँ दक्ष जनशक्तिलाई पन्छाएर अर्धदक्ष व्यक्तिलाई जिम्मा दिइएको छ । यो सीधा बिरामीको स्वास्थ्यसँग खेलवाड रहेकाे उनकाे भनाइ छ ।

ती कर्मचारीका अनुसार सिटिस्क्यानको रिपोर्ट र प्रक्रियामा सानो गल्तीले समेत बिरामीको उपचार प्रक्रियामा गम्भीर असर पर्न सक्छ। तर प्रतिष्ठानमा भने यस्तो संवेदनशील सेवा सञ्चालनमा लापरबाही भइरहेको उनको दाबी छ ।

उनले जुम्लाका सर्वसाधारणलाई सचेत रहन समेत आग्रह गरेका छन् । जुम्ली जनतालाई ठग्ने काम भइरहेको छ,उनले भने, बिरामीले ठूलो आशा र खर्च गरेर सिटिस्क्यान गराउछन्, तर यदि काम गर्ने व्यक्ति नै दक्ष नभए परिणाम कति भरपर्दो हुन्छ भन्ने प्रश्न उठ्छ ।

कर्णाली प्रदेशकै मुख्य स्वास्थ्य संस्था मानिने प्रतिष्ठानमा यस्तो लापरबाही भएको आरोप बाहिरिए पछि स्थानीय स्तरमा समेत चिन्ता बढ्ने देखिन्छ । दुर्गम कर्णालीका बिरामीहरूले ठूलो भरोसा गरेर उपचारका लागि प्रतिष्ठान पुग्ने गरेका छन् । तर त्यही संस्थामा प्रविधि सञ्चालन गर्ने कर्मचारीकै दक्षता माथि प्रश्न उठे पछि सेवाको गुणस्तर बारे गम्भीर बहस बिषय रहेकाे छ ।

स्वास्थ्य जस्तो संवेदनशील क्षेत्रमा यस्तो आरोप सार्वजनिक हुनु प्रतिष्ठानको व्यवस्थापन माथि समेत गम्भीर प्रश्न उठाउने विषय भएको सेवाग्राहीहरूकाे भनाइ छ ।

दक्ष जनशक्ति हुदाहुदै किन प्रयोग गरिएन ? कसको निर्णयमा अयोग्य व्यक्तिलाई जिम्मेवारी दिइयो ? भन्ने प्रश्नहरू अहिले उठ्न थालेका छन् ।
यस विषयमा प्रतिष्ठानको व्यवस्थापन पक्षले भने औपचारिक प्रतिक्रिया सार्वजनिक नगरेको ती कर्मचारीकाे भनाइ छ ।

तर भित्रैबाट आएको यस्तो खुलासाले अस्पतालको सिटिस्क्यान सेवा पारदर्शिता र गुणस्तरबारे गम्भीर छानबिन आवश्यक भएको संकेत गरेको छ ।
स्थानीय सरोकारवालाहरूले बिरामीको स्वास्थ्य सँग जोडिएको विषय भएकाले तत्काल छानबिन गरी सत्यतथ्य सार्वजनिक गर्नु पर्ने हुन्छ ।

जुम्लामा सिटिस्क्यान सेवामाथि गम्भीर प्रश्न : बिरामीको स्वास्थ्य सँग खेलवाड

डाक्टर नपाउने जुम्लामा चिकित्सा शिक्षा अध्ययनको रोजाइ

जुम्लामा सिटिस्क्यान सेवामाथि गम्भीर प्रश्न : बिरामीको स्वास्थ्य सँग खेलवाड

कर्णाली प्रदेशका: ९० उम्मेदवारको जमानत जफत, २४

Leave a comment

Your email address will not be published. Required fields are marked *

This will close in 0 seconds