घुयँत्राे:“मधेसका नेता बजेट चाट्दै, मतदाताले एकैपटक खरेटाे लगाइदिए!”

चुनाब सकियाे कसैले जित्नु र कसैले हार्नुका विषयमा अनेकन अडकलबाजी गरिएका छन । हार्ने पाटिका नेताहरु संगठनकाे कमजाेरी भनेर संगठ र कार्यकर्तालाई दाेष दिईरहेका छन । उनिहरु अँझै पनि आफ्नो कमिकमजाेरी ,आँफुले गरेकाे भष्टाचार अनि जनताले बारम्बार देशमा भै रहेकाे भष्टाचार र भष्टाचारका कुरा स्विकार्न तयार छैनन । बरु उल्टै यश विषयमा गरेका विराेधकाे कुरालाई दाेष दिएर अँझै पनि संगठनकाे कमजाेरी भन्दै हिँडनुले यी नेताहरु कैलेसम्म विवेक हिन भएर बस्ने हुन जनता अँझै दिक्दारीमा छन ।
याे चुनाबकै परिणामका कुरा गर्दा मधेस प्रदेशका लागि मात्रै जन्मिएका र त्यहाँका निम्ति राजनिती गर्ने दल र दलका नेता समेत एकै पटक बढारिएका छन । मधेसका आठ जिल्ला र जनसंख्यामा राजनीति गर्ने दलका नेता वडा सदस्य हुनकि माननीय मन्त्री मधेसका जनतालाई निरक्षर र अज्ञानि सम्झेर हाम्ले जे गरेनि कसैले केही गर्न सक्दैन भनेर जसरि याेजनामा परेका पैशा खाईदिएर याेजना, परियाेजना तथा सडक पुल सबैलाई लथालिङ्ग पारेर जसरि भष्टाचारमा मधेसलाई १ नम्बर बरियतामा राख्दै आएका थिए तिनलाई पनि मधेसि जनताले खरेटाे लगाएर गडेकाे कसिङ्गर पनि बढारेर फ्याँकेझैँ गरि जुन तरिकाले मधेसि दल र नेतालाई निमिट्यान्न पारेका छन त्यसले गर्दा अब २/४ वटा पद जितेकै भरमा माननीय विक्रि गरेर कराेडाैँ कमाउन खाेज्ने उपेन्द्र यादब,महन्त ठाकुर,उपेन्द्र महताे जस्ताका नेता बेच्ने काम पनि सपध्दिए । अबकाे ५ बर्ष झिङा धबाएर बस्ने वा बाेर्डरका गल्छि कुरेर लुटि खाने काम बनहेक केही बाँकि रहेन ।
मधेसका नेताले मधेसी जनताकाे विकासेभाग जसरप लुटि खाएका थिए ।त्यसैगरि तिनिहरुलाई मत नदिएर बदला मात्रै पूरा गरेका छैनन कि बाँकि आउने दिनमा राजनीति गर्नु पर्दा सदैब फागुन २१ काे चुनाब सम्झिनु पर्ने बनाएका छन । ६४ मा मधेस जलाएर ” मधेसी आन्दोलन” का नाममा जन्मिएका नेताहरुले ६४ देखि ८२ सम्म आई पुग्दा यति भष्टाचार गरेकि,यतिभष्टाचार गरेकि, जस्काे वास्तविकता सुन्दै कहालि लागेर आउँछ । संघकाे हाेसकि प्रदेशकाे या स्थानीय जुन शिर्षकमा पैशा लग्याे त्यसकाे छेउ टुप्पाे कतै काम नगरि पैशाजति सर्लक्कै निकालेर खाई दिने अनि महालेखाकाे काम बेरुजु लेख्ने सिबाय अरु कुनै कामैछैन । ती भष्टाचारीले जानेका पनि कति भने कर्मचारीमा पनि मधेसि बाहेक अरुलाई पर्नै नदिने अनि “सर्पकाे खुट्टा सर्पले देख्छ” भन्या झैँ त्याे कर्मचारी नि त्याे नेतासित मिल्ने अनि मधेसी दलका नाममा आएका जाे सुकै प्रतिनिधि आएपनि बजेट र याेजनालाई यसरी सर्लक्कै बनाएर चाटदिनेकि जसरी विरालाेले कुँढे चाटछ । बच्चालाई बाँढने छाता र नेतालाई बाँडने साईकलदेखि शुरु भएकाे याे भष्टाचारकाे खेलाे ठुलाठूला पुल, पाेखरी, सडक,अस्पताल, विद्यालय जस्ता अनगिन्ती याेजनामा हुँदै रहे । जनताले बारम्बार खबर्दारी पनि गरे तर भष्टाचारीहरु झन एकपछि अनेक भष्टाचारमा रमाई रहे जनता बिचारा १८ बर्षसम्म तमासे बने । अन्तत याे फागुन २१ काे चुनाबमा नेताहरुले थाहै नपाउने गरि जसरि बदला लिए त्यसले अब जनता निरक्षर र अज्ञानि छन भनेर सँधैभरि दवाउने काम मधेसी र भष्टाचारी सबै नेताले बुझे हाेलान हैन्त ।
बदला लिन पर्याे जनताले कसरी बदला लिँदारैछन भन्ने हेक्का राखेर नयाँ दलले पनि काम गराैँ । विजयकाे उन्मादमा उन्मत्त हुँदा अर्काे पटक यिनकैजस्ताे अबस्था हुन्छ भन्ने हेक्का रहाेस । अस्तु ।






