२०८२ फाल्गुन २५ गते
×

Now Playing

बाँकेका दुई क्षेत्रमा रास्वपा, एक क्षेत्रमा एमाले विजयी

बाँके, २४ फागुन । 

बाँकेका तीन वटा निर्वाचन क्षेत्र मध्ये २ वटामा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार र एउटामा नेकपा एमालेका उम्मेदवार विजयी भएका छन् ।

बाँके २ मा नेकपा (एमाले)का मोहम्मद इश्त्यिाक राई प्रतिनिधिसभा सदस्यमा विजयी भएका छन् । बिहीबार सम्पन्न प्रतिनिधीसभा सदस्य निर्वाचनको अन्तिम मतपरिणाम अनुसार उहाँले २४ हजार ६१६ मत प्राप्त गरी निर्वाचित भएका हुन ।

उनका निकटतम प्रतिस्पर्धी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का विवेककुमार श्रेष्ठले १८ हजार ५८० मत प्राप्त गरेको  मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । अन्तिममत परिणाम अनुसार  नेपाली कांग्रेसका सुधांशु कोइरालाले १७ हजार ५८५ मत प्राप्त गरेका छन् ।

एकमा रास्वपाका चौधरी निर्वाचित  

बाँके क्षेत्र नं १ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सुरेशकुमार चौधरी प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् । बिहीबार सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको अन्तिम मतपरिणाम अनुसार उनले ३२ हजार ७९२ मत प्राप्त गरेकोे निर्वाचन अधिकृत शरोजनिधि वाग्लेले जानकारी दिए ।

चौधरीको निकटतम प्रतिष्पर्धिमा नेपाली कांग्रेसका नारायण गौडेलले १५ हजार ३०१ मत प्राप्त गरेका छन् । त्यसैगरी नेकपा (एमाले)का सूर्य ढकालले ११ हजार १५ मत प्राप्त गर्नुभएको निर्वाचन अधिकृत वाग्लेले  बताए ।

तीनमा रास्वपाका सुनार निर्वाचित

बाँके क्षेत्र नं ३ मा राष्ट्रिय स्वतन्त्र पार्टी  (रास्वपा)का उम्मेदवार खगेन्द्र सुनार निर्वाचित भएका छन् । उनी २९ हजार ५५१ मत प्राप्त गरी निर्वाचित भएको क्षेत्र नम्बर ३ का निर्वाचन अधिकृत दशरथ गौतमले जानकारी दिए ।

सुनारका निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले)का उम्मेदवार सुमन मल्लले १९ हजार ६१५ मत प्राप्त गरेका छन् । त्यस्तै नेपाली कांग्रेसका उम्मेदवार अमरसिंह पुनले १३ हजार २१५ र नेपाली कम्युनिष्ट पार्टीका उम्मेदवार दीपक गौरीमगरले ४ हजार १५ मत प्राप्त गरेका छन् । बाँकेको क्षेत्र नं १ मा पनि रास्वपाका सुरेश चौधरी विजयी भएका छन् । क्षेत्र नं २ मा भने नेकपा (एमाले)का उम्मेदवार मोहम्मद इश्तियाक राई विजयी भएकाछन् ।

बाँकेका दुई क्षेत्रमा रास्वपा, एक क्षेत्रमा एमाले विजयी

कर्णालीमा पुरानै दलको दबदबा

बाँकेका दुई क्षेत्रमा रास्वपा, एक क्षेत्रमा एमाले विजयी

धाँधलीको सहारामा चुनाव 

Leave a comment

Your email address will not be published. Required fields are marked *

This will close in 0 seconds